आन्तरिक शान्ति सुरक्षासम्बन्धी विधेयकमाथि राजपाको आपत्ति

 पुष २०, २०७५ शुक्रबार १४:५१:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – राष्ट्रिय जनता पार्टी, नेपालले सरकारले संघीयताको मर्म विपरीत ‘आन्तरिक शान्ति सुरक्षासम्बन्धी विधेयक’ ल्याउन खोजेको भन्दै आपत्ति जनाएको छ ।

राष्ट्रिय जनता पार्टी, नेपालका राष्ट्रियसभाका सांसद वृशेषचन्द्र लालले संघीयताको मर्म विपरीत सरकारले ‘आन्तरिक शान्ति सुरक्षासम्बन्धी विधेयक’ ल्याउन खोजेको भन्दै आपत्ति जनाउनु भएको हो ।

जिल्ला प्रमुख जिल्ला अधिकारी आफू मातहत राखेर संघीय सरकारले प्रदेश सरकारको अधिकार कटौति हुने गरी त्योे विधेयक ल्याउन लागेको जानकारी आएको उल्लेख गर्दै उहाँले त्यसो भए आफ्नो पार्टीलाई मान्य नहुने चेतावनी पनि दिनुभयो ।

सांसद लालले संघीय सरकारले संघीयताको मर्म विपरीत प्रदेश सरकारलाई पंगु बनाउने काम गरिरहेको आरोप पनि लगाउनुभयो । सांसद लालले संविधानले प्रदेश सरकारलाई शान्ति सुरक्षा सम्बन्धि आफैं व्यवस्था गर्ने अधिकार दिएको उल्लेख गर्दै सोही अनुसारको कानुनी व्यवस्था गर्न संघीय सरकारको गम्भिर ध्यानाकर्षण पनि गराउनुभयो । 

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया