एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
मोरङ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी प्रकरणमा कुनै मन्त्रीलाई कारबाहीको लागि सिफारिस गरिएकोबारे आफूलाई थाहा नभएको बताउनुभएको छ ।
सार्वजनिक लेखा समिति आफैँले कारबाही नगर्ने भएकाले ‘कारबाही गर्ने सरकारले कुनै मन्त्रीलाई कारबाही गर्ला’ भन्ने आफूलाई नलागेको सभापति देउवाले बताउनुभयो । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै देउवाले सार्वजनिक लेखा समितिले कुनै मन्त्रीलाई कारबाहीको सिफारिस गरेको भन्ने आफूलाई नलागेको बताउनुभएको हो । ‘समितिले कुनै मन्त्रीको नाम लिएको छ भन्ने मलाई थाहा छैन’, देउवाले भने, ‘छानबिन गर्न खोजेको भए छानबिनको विषय ठिकै हो ।’
देउवाले निर्मला पन्त हत्याको विषय कांग्रेसले कुनै हालतमा नछाड्ने बताउनुभएको छ । ‘हत्यापछि प्रमाण मेटाउन प्रहरीले लुगा धोयो, नुहाएको छ । यो विषय त्यतिकै छाड्ने विषय नै होइन’, देउवाले भन्नुभयो ।
निर्मला हत्याकाण्डलाई सामान्य रुपमा नलिन समेत उहाँले आग्रह गर्नुभयो । ‘निर्मला पन्तको सानो कुरा हैन’, सभापति देउवाले भन्नुभयो, ‘बालिकालाई हत्या गरेको छ । यसलाई कुनै हालतमा छाड्दैनौं ।’
ओली सरकार दलदलमा फसिसकेको आरोप देउवाले लगाउनुभएको छ । देउवाले ओली सरकारले नागरिकलाई ढाँट्ने गरेको बताउनुभयो । आफूले प्रतिपक्षको रुपमा बोल्दा पनि मिडियाले नलेकोको उहाँको गुनासो थियो ।
देउवाले रेशम चौधरीलाई सपथ खुवाएको विषयमा पनि आफू अनभिज्ञ रहेको बताउनुभयो । ‘वार्तामा बस्ने भन्दै सशस्त्र र नेपाल प्रहरीका दुवै टोलीलाई बिना हतियार बोलाएपछि गएको टालीले ल्याएर कारागार बुझाएको भएपनि किन सपथ खुवाएको हो मलाई थाहा छैन !’, देउवाले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।