भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
बाँके – नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २३ मा निर्माण भइरहेको आधुनिक ल्याण्डफिल साइट निर्माणका लागि फेरि समय थप गर्नुपर्ने भएको छ ।
विवादले समयमै काम सञ्चालन हुन नपाएपछि पटक–पटक म्याद थप गरिएका कारण निर्माणमा ढिलाई भए पनि अब भने ल्याण्डफिल निर्माणको काम सम्पन्न हुने अवस्थामा पुगेको नेपालगञ्ज उप–महानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले जानकारी दिनुभयो ।
पछिल्लो पटक निर्माण कम्पनीले डिसेम्बर २०१८ भित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो । समयभित्र सम्पन्न हुन नसकेपछि तीन महिना म्याद थप गर्ने विषयमा छलफल भइरहेको प्रवक्ता रिजालले जानकारी दिनुभयो ।
निर्माण सम्पन्न भएको एक वर्षसम्म निर्माण कम्पनीले नै ल्याण्डफिल साइट संचालन गरी स्थानीय कर्मचारीलाई सिकाउने उप–महानगरपालिकाले जनाएको छ । निर्मार्णाधीन ल्याण्डफिल साइटको जग्गाभित्रको क्षेत्रमा केही व्यक्तिको नाममा जग्गा पाइएपछि विवादले एक वर्षसम्म काम रोकिएका कारण समयमै निर्माण सम्पन्न हुन नसकेको कम्पनीले दाबी गरेको छ ।
एसियाली विकास बैङ्कको सहयोगमा एकीकृत शहरी विकास आयोजना अन्तर्गत ३३ करोड ८८ लाख २७ हजार ३२५ रुपैयाँको लागतमा ल्याण्डफिल साइटको निर्माण कार्य सुरु भएको हो । १२ बिघा १९ कठ्ठा जग्गामा हाल ल्याण्डफिलसाइट निर्माण भइरहेको छ । १२ बिघामा नक्सा अनुसार ल्याण्डफिल साइटको निर्माण कार्य भइरहदा बीचमा १९ कठ्ठा जग्गा व्यक्तिको नाममा पाइएको हो ।
एसियाली विकास बैङ्कले नमुनाको रुपमा परियोजना निर्माण गर्न लागेको उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।