एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकमा आफूले तथ्यमा आधारित भएर बोलेको दावी गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले आइतबार संघीय संसद प्रतिनिधिसभाको बैठकमा आफूले ‘तथ्य जे छ, त्यही बोल्दा पनि’ केहीले आधारहीन टिप्पणी गरेको उल्लेख गर्दै आपत्ति पनि जनाउनुभयो । सोमबार नेपाल चेम्बर अफ कमर्सको ६८औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफूले सुगाले पिञ्जराबाट दिएको खामभित्रको पत्र नभई सरकारले १० महिनामा गरेको कामको प्रगति विवरण संसद बैठकमा पेस गरेको पनि स्पष्ट पार्नुभयो ।
उहाँले सरकारलाई तथ्यांकसँग खेल्नुपर्ने कुनै कारण नरहेको पनि बताउनुभयो । नयाँ तथ्यांक निर्माणमा अघि बढेको सरकारले तथ्यांकसँग नखेल्ने प्रधानमन्त्री ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले संसदमा दिएको वक्तव्यमा झुटा तथ्यांक उल्लेख गरिएको भन्दै आलोचना गरिएको छ । त्यही प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आफूलाई झुटा आँकडा पेस गर्नु नपर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले देशको विकासका लागि आवश्यक नयाँ कानुनको निर्माण र पुराना कानुनको संशोधन तत्काल गर्ने प्रतिवद्धता पनि जनाउनुभयो । उहाँले देश विकासका लागि आवश्यक उद्योगी, व्यवसायीहरुको माग तत्काल सम्बोधन गर्ने आश्वासन पनि दिनुभयो । देश र जनताको हितका लागि सरकार सबै काम गर्न प्रतिवद्ध रहेको प्रधानमन्त्री ओलीको भनाई छ ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले देशको समग्र विकासका लागि आवश्यक कानुन संशोधन गर्न सरकारसँग माग गर्नु भएको थियो । उहाँले लगानी मैत्री, उद्योगी व्यवसायी मैत्री कानुन नभएकोतर्फ पनि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउनुभयो ।
अध्यक्ष श्रेष्ठले मुलुकलाई समृद्ध बनाउने सरकारको संकल्प पूरा गर्न आफूहरु प्रतिवद्ध भएर लागिपर्ने पनि बताउनु भयो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले देशको विकासका लागि निजी क्षेत्रले अझै गतिका साथ काम गर्नुपर्नेमा जोड दिनु भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।