एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र प्रसाद रिजालले मुलुकको आर्थिक अवस्थाका बारेमा सरकारले गलत तथ्यांक प्रस्तुत गरेर जनतालाई गुमराहमा राख्ने काम गरेको आरोप लगाउनुभएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै सांसद रिजालले केही दिन अगाडि प्रधानमन्त्रीबाट संसदमा सम्बोधनका क्रममा प्रस्तुत भएका जानकारी सबै गलत भएको दावी गर्नुभएको हो । प्रधानमन्त्रीले भनेजस्तो मुलुकमा शान्ति सुरक्षा कायम नभएको, आर्थिक विकासका सूचकांकमा सकारात्मक परिर्वतन नदेखिएको भन्दै उहाँले यथार्थलाई स्वीकार गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘काठमाण्डौ खाल्डोबाट देखिएन होला, त्यसैले झापामा भ्यु टावर बनाउने भन्नुभएको छ । माफ गर्नुहोस् प्रधानामन्त्री ज्यू । खाँबो बांगो छ,तपाईंले देखेजस्तो देशको स्थिति छैन । झापाको भ्यु टावरमा चढेपनि निर्मला बलात्कार र हत्याको टाटो परैबाट देखिन्छ । क्षमा गर्नुहोस् प्रधानमन्त्री ज्यू ।’
उहाँले प्रधानमन्त्रीले राष्ट्रपतिको लागि सेवा र सुविधा बढाएर नयाँ दरबार श्रृजना गर्न खोजेको आरोप पनि लगाउनुभयो ।
उहाँले भन्नुभयो, ‘सरकारको निर्णयबाट १८ करोडको गाडीमा, डेढ अर्बको हेलिकोप्टरमा चढाउने र भोग विलासको जीवनमा पुरानो दरबार होइन नयाँ दरबार झन् बढी भोग र विलासको विम्ब बनाएर लैजाने सरकारको निर्णयबाट संस्था बलियो हुँदैन । गणतन्त्र बलियो हुँदैन । जनताको आर्थिक अवस्था जस्तो छ ,त्यही सुहाउँदो राष्ट्रपतिलाई सेवा गर्न चाहन्छ । नेपाली जनता नयाँ दरबार बनाउन चाहँदैन ।’
उहाँले प्रधानमन्त्रीले भनेकाे भन्दा विपरित संबैधानिक संस्थालाई मातहतको विभागजस्तो बनाउने काम सरकारबाट भइरहेको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, ‘बुद्धीजीवीलाई लखेटेर, थला पारेर, कर्मचारीलाई तर्साएर, पत्रकारको पेशागत स्वतन्त्रतामाथि आक्रमण गरेर, सत्याग्रहीको मानमर्दन गरेर, संवैधानिक अंगलाई निस्तेज बनाएर अनि संसद छलेर लोकतन्त्र बलियो हुँदैन । आयोगहरुलाई क्रियाशील नतुल्याउने अनि संघीयता अझ बलियो बनाएको छु भनेर झुटा बोलेर संघीयता बलियो हुँदैन, संस्था बलियो बनाउनुपर्छ ।‘
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।