एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै – आइतबार बसेको प्रतिनिधिसभाको बैठकले संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक २०७५, भुक्तानी तथा फर्स्याेट विधेयक २०७५ र निवृत्तभरण कोष विधेयक २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ ।
अब यी विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि ऐन बन्नेछन् र प्रमाणिकरण भएकै दिनदेखि लागू हुनेछन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको संशोधन प्रतिवेदनसहित संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक २०७५ र अर्थसमितिको प्रतिवेदनसहित भुक्तानी तथा फस्र्यौट विधेयक २०७५ र निवृत्तभरण कोष विधेयक २०७५ सर्वसम्मति पारित भएको हो ।
त्यस्तै बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पेशभएको छ । शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले समितिको प्रतिवेदनसहित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेश गर्नुभएको हो ।
बैठकमा सरकारले राष्ट्रिय परिचयपत्र पञ्जिकरण विधेयक २०७५ लाई पेशगरेको छ । सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय परिचयपत्र पञ्जीकरण विधेयक २०७५ प्रस्तुत गर्नुभएको हो । राष्ट्रिय परिचयपत्र पञ्जिकरण विधेयक २०७५ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले पेशगर्नुभएको विरोधको सूचना बहुमतले अस्वीकृत भएपछि गृहमन्त्री थापाले त्यो विधेयक बैठकमा पेश गर्नुभएको थियो ।
त्यसैगरी ‘नेपालको संविधान अनुकुल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७५’ लाई बैठकले स्वीकृत गरेको छ । कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले ‘नेपालको संविधान अनुकुल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७५’ माथि विचार गरियोस् भनी राखेको प्रस्तावलाई बैठकले सर्वसम्मति स्वीकृत गरेको हो ।
अर्को बैठक माघ ४ गते शुक्रबार १२ बजेका लागि बोलाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।