सञ्चार जगतले सधैँ नकारात्मक विषय मात्रै उठाए : प्रधानमन्त्री ओली

 माघ २, २०७५ बुधबार १९:२८:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारजगतले सधैँ नकारात्मक कुराहरु मात्रै औल्याएको भन्दै असन्तुष्टी प्रकट गर्नुभएको छ ।

२१ औं भूकम्प सुरक्षा दिवसको सन्र्दभमा भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले बुधबार ललितपुरमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पुनर्निर्माणको क्षेत्रमा उल्लेख्य काम भए पनि सञ्चार जगतले सधैँ नकारात्मक विषयको मात्रै उठान गर्ने गरेको  बताउनुभएको हो ।

आफ्नो नेतृत्वको सरकारले भूकम्पले क्षति पुर्याएको संरचना पुनर्निर्माण र व्यक्तिगत आवास निर्माणको क्षेत्रमा उल्लेख्य काम भएको भन्दै उहाँले सकारात्मक उपलब्धिमा मिडियाले चासो नदिएकोमा असन्तुष्टी व्यक्त गर्नुभयो ।

उहाँले मानविय आकांक्षा वा स्वार्थका कारण र प्राकृतिक विपत्तिले ल्याएको खतराबाट सबैलाई सुरक्षित राख्ने अभियानमा सरकार जुटेको स्पष्ट पार्नुभयो । आवास निर्माणका क्रममा अशक्त, अपाङ्ग, बालबालिका, जेष्ठ नागरिक, सुत्केरी तथा एकल महिलालगायतलाई प्राथमिकतामा राखिएको पनि उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भौगोलिक दृष्टिले जोखिमयुक्त रहेका बस्तीलाई सुरक्षित स्थानमा सार्ने कार्यलाई पनि सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । 

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया