एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै - संसदीय समितिले तत्काल छाउ महिलाको सुरक्षाको प्रत्याभूति र त्यससम्बन्धी वातावरण बनाउन नेपाल सरकार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ ।
संघीय संसद, प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको बिहीबार बसेको बैठकले फौजदारी संहिताको दफा १ सय ६८ को उपदफा ३ ले छाउपडी प्रथालाई वैधानिक रुपमा अपराध घोषणा गरी दण्डनीय बनाए पनि त्यसबारे जानकारी प्रवाह गर्न र कार्यान्वय गर्न समय लाग्ने भन्दै तत्कालका लागि यस्ताे निर्देशन दिएको हो ।
छाउपडी बस्न बाध्य बनाउने, कुरीतिहरुलाई प्रवर्द्धन गर्न खोज्ने व्यक्ति, संस्था वा समूहलाई पहिचान गरी तत्काल प्रचलित कानुनको दायरामा ल्याई काबाही गर्न र कानुन परिपालनामा शून्य सहनशीलता अपनाउन पनि समितिले मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिले प्रदेश एवं स्थानीय तहसँग सहकार्य गरी तीव्र रुपमा सचेतना अभिवृद्धि कार्यलाई प्रभावकारी बनाउन, कानुनी साक्षरता अभियान चलाउन पनि मन्त्रालयलाई निर्देशन दिएको छ ।
त्यसैगरी कुप्रथा-कुरीतिहरु अन्त्यका लागि सम्बन्धित क्षेत्रमा सचेतना अभिवृद्धि लगायतका बहुआयामिक एवं प्रभावकारी कार्यहरु सञ्चालन गर्न र गैर सरकारी महासंघलाई स्थानीय तहसँग समन्वय गरी कार्यान्वयन गर्न तथा कार्यक्रमको प्रभावकारिताको मूल्यांकन गर्न समाज कल्याण परिषद्लाई निर्देशन दिएको छ ।
समितिले निर्देशन दिनुअघि बैठकमा सहभागी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले छाउपडी प्रथा लगायत कुरीति अन्त्य गर्ने गरी सरकारले योजना बनाइरहेको र त्यसलाई स्थानीय सरकार र नागरिक समाजसँग मिलेर अभियानको रुपमा अघि बढाइने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तरगत छाउपडीको अन्त्यको कार्यक्रम पनि राखिएको जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।