एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै - सरकारले प्रदेश २ का उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले कुटपिट गरेको विषय छानबिनको क्रममा रहेकाले थप टिप्पणी गरिरहन नमिल्ने स्पष्ट पारेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सो घटनाबारे प्रदेश २ को सरकारले छानबिन सुरु गरेकाले त्यसमा थप बोलिरहन नमिल्ने प्रतिक्रिया दिनुभएको हो । प्रदेश २ को सरकारले सो घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ ।
छानबिन समितिले दिएको रिपाेर्टका आधारमा दोषीमाथि कडा कारबाही हुने तर अहिले नै सो सम्बन्धमा पूर्वानुमान गर्न नमिल्ने सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाको भनाइ छ ।
बिहीबार मन्त्रीपरिषद बैठकका निर्णयबारे जानकारी दिन सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री बाँस्कोटाले प्रदेश २ को सरकारले छानबिन सुरु गरेकाले त्यसमा केन्द्र सरकारले चासो नदिएको पनि स्पष्ट पार्नुभयो ।
मन्त्री बाँस्कोटाले सरकार अन्तराष्ट्रिय लगानी भित्र्याउन राष्ट्रिय हित अनुकूल हुनेगरी कानुन संशोधन गर्न प्रतिवद्ध रहेको पनि बताउनुभयो । उहाँले लगानीकर्ताको लगानी प्रवर्द्धन र राष्ट्रिय हित दुवै कुरालाई केन्द्रमा राखेर सरकारले कानुन संशोधन गरेर अघि बढने नीति लिएको पनि बताउनुभयो ।
मन्त्री बाँस्कोटाले सरकारले विभिन्न प्रक्रिया पूरा गरेर जानुपर्ने भएकाले २५ अर्बभन्दा बढीको लगानीमा सम्पन्न हुने आयोजना प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट सोझै अगाडि बढाउने व्यवस्था गरेको पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।