एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले डाक्टर गोविन्द केसीसँग गरिएको सहमति विपरीत संसदीय समितिले पारित गरेको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ सच्याउने कि नसच्याउने भनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्नुभएको छ ।
कांग्रेस नेता थापाले संघीय संसद अन्तरगतको प्रतिनिधिसभा बैठकमा दिनुभएको जवाफ स्पष्ट नभएको उल्लेख गर्दै सो विधेयक वरिष्ठ चिकित्सक केसीसँग गरिएको सहमति अनुसार नै संसदीय संसदको ‘फूल हाउस’बाट पारित गराउने कि नगराउने भनी प्रधानमन्त्री ओलीलाई प्रश्न गर्नुभएको हो ।
शुक्रबार संघीय संसद भवन परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो विधेयकलाई वरिष्ठ चिकित्सक केसीसँग गरिएको सहमतिअनुसार सच्याउने हो भने सरकारले संसदको ‘फूल हाउस’मा सो प्रस्ताव प्रस्तुत गर्न पनि माग गर्नुभयो ।
संसदीय विधि र प्रक्रिया अनुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो विधेयक सच्याउन चाहेको हो भने संसदको फूल हाउसमा प्रस्ताव पेश गर्नुपर्ने उहाँको भनाई छ ।
तर प्रधानमन्त्री ओलीले संसदीय सर्वोच्चताको कुरा गरेर के भन्न खोजेको हो (?) भन्ने स्पष्ट नभएको नेता थापाको प्रतिक्रिया छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।