ऐन कानुन बनाउन समय खर्चिँदा विकास निर्माणका काम केही पछि परे जस्तो देखियाे : प्रम ओली

 माघ ५, २०७५ शनिबार १९:४६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले महसुस गर्ने गरी विकास निर्माणका काम तीव्र ढंगले अघि बढेको बताउनुभएको छ ।  

धुम्बाराहीमा शनिबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले तीव्र गतिको आर्थिक वृद्धि हासिल गर्ने दिशामा सरकार अघि बढेको बताउनुभएको हो ।

आफूले सरकारको नेतृत्व सम्हाल्दै गर्दा ऐन कानुनदेखि सम्पूर्ण रुपमा नया संरचना कायम गर्नुपर्ने मूल जिम्मेवारी पनि काँधमा रहेकाले विकास निर्माणका काम केही पछि परेजस्तो देखिएको उहाँकाे तर्क थियो ।

नेपाली कांग्रेस चितवनका पूर्व जिल्ला सभापति तीर्थ भुषाललाई पार्टी प्रवेश गराउनुहुँदै ओलीले संविधान कार्यान्वयनका लागि नयाँ कानुन बनाउने काम बिस्तारै सकिँदै गएकाले अब देश तीव्र गतिमा आर्थिक विकासको बाटोमा अघि बढ्ने दाबी उहाँले गर्नुभयो ।

भुषाललाई नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले फुलमाला लगाएर पार्टी प्रवेश गराउनुभएकाे हाे । 

चितवन कांग्रेसका संस्थापक नेता समेत रहेका भुसाल २०५१ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । 

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया