एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै - सवैधानिक परिषद्ले विभिन्न ५ वटा आयोगका अध्यक्षका लागि नाम सिफारिस गरेको छ ।
आइतबार सिंहदरबारमा बसेको परिषद्को बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदी, मधेशी आयोगको अध्यक्षमा डाक्टर विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णु प्रसाद चौधरी, मुस्लिम आयोगमा समिम अन्सारीको नाम सिफारिस गरेको हो ।
प्रमुख प्रतिपक्षी दलको नेताको अनुपस्थितिमा नै संवैधानिक परिषद्ले आयोगका अध्यक्षहरुको नाम सिफारिस गर्ने निर्णय गरेको हो । परिषद् सदस्य प्रमुख प्रतिपक्षी दलका नेता शेर बहादुर देउवा आइतबारको बैठकमा उपस्थित हुनुहुन्नथ्याे ।
परिषद् सदस्य एवं राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले संवैधानिक र कानुनी दृष्टिले निर्णय गर्नलाई बाधा नपर्ने भएकाले नामहरु सिफारिस गरिएको बताउनुभयो ।
संवैधानिक परिषदले आयोगहरुका अध्यक्ष तथा सदस्यहरु नियुक्तिका लागि सिफारिस गरी राष्ट्रपतिसमक्ष पेश गर्ने संवैधानिक व्यवस्था छ । परिषद्ले गरेको सिफारिसका आधारमा राष्ट्रपतिले नियुक्त गर्ने आयोगका पदाधिकारीहरुको पदावधि ६ वर्षको हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।