एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाडौं - नेपालको कृषि क्षेत्रमा सहयोग गर्न जापानले चासो देखाएको छ । नेपाल भ्रमणमा रहेको जापानी प्रतिनिधि मण्डलले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनसँग भेट गर्दै यस्तो चासो देखाएको हो ।
जापानको कृषि तथा वन मन्त्रालयका अन्तर्राष्ट्रिय मामिला हेर्ने उपनिर्देशक ताकामी नाकादाको नेतृत्वमा आएको प्रतिनिधी मण्डलले बिहीबार सिंहदरबारस्थित ऊर्जामन्त्रालयमा मन्त्री पुनसँग भेटवार्ता गरेको हो ।
भेटका क्रममा अन्तर्राष्ट्रिय मामिला हेर्ने उपनिर्देशक ताकामीले जापानले नेपाललाई आर्थिक र प्राविधिक सहयोग गर्दै आएको जानकारी दिंदै आगामी दिनमा अझै सहयोग गर्न जापान सरकार तयार रहेको बताउनुभयो । उहाले नेपाल कृषि प्रधान देश रहेको भन्दै कृषि क्षेत्रमा सहयोग गर्न आफूहरु तयार रहेको पनि बताउनुभयो ।
‘नेपालमा के–कस्ता सम्भावनाहरु छन्, हामी त्यसको अध्ययन, अनुसन्धानको लागि अहिले नेपालको भ्रमणमा आएका छौं, जापानको निजी क्षेत्र पनि यहाँ लगानी गर्न इच्छुक छ’ उप–महानिर्देशक ताकामीले भन्नुभयो ।
सिंचाई र पानीको क्षेत्रमा जापानको लामो अनुभव रहेको भन्दै त्यसको ज्ञान बाँड्न आफूहरु इच्छुक पनि उहाँले मन्त्री पुनसँगको भेटमा बताउनुभएको थियो ।
मन्त्री पुनले जलउत्पन्न प्रकोप नियन्त्रण केन्द्र स्थापना गर्न जापानले सहयोग गरेको बताउँदै सिंचाइ र ऊर्जा क्षेत्रको अध्ययन अनुसन्धानमा अबका दिनमा पनि सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपालको कृषि क्षेत्रको विकासको लागि सिंचाइको महत्वपूर्ण भूमिका रहेको भन्दै मन्त्री पुनले त्यसका लागि मन्त्रालयले भेरी बबई, रानी जमरालगायतका केही ठूला आयोजना अघि बढाएको जापानी टोलीलाई जानकारी दिनुभयो ।
भेटमा नेपालका लागि जापानी राजदूत मसामिची सैगोसमेत सहभागी हुनुहुन्थ्यो । उहाँले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको जापान भ्रमण र जापानी परराष्ट्रमन्त्रीको नेपाल भ्रमणको बेला कृषि क्षेत्रमा सहकार्य गर्ने सहमति भएको भन्दै यो भ्रमणदल नेपाल आउनु त्यसको निरन्तरता भएको जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।