विश्व बैंकको शेयर खरिद गर्ने सरकारको निर्णय

 माघ १०, २०७५ बिहीबार १८:५९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपालले विश्व बैंकको शेयर खरिद गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले बिश्व बैंकको नेपाललको मताधिकार कायम राख्न शेयर खरिद गर्ने निर्णय गरेको हो ।  

विश्व बैंक समूह अन्तर्गत अन्तर्राष्ट्रिय पुननिर्माण तथा विकाश बैंकको शेयर खरिद गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो ।  

अहिले पनि विश्व बैंकमा नेपालको शेयर १ हजार ४ सय ५ कित्ता रहेकोमा अब थप ३ सय ९ कित्ता खरिद गरि १ हजार ७ सय १४ कित्ता शेयर बनाउन लागिएको उहाँले बताउनुभयो ।  

पुस ३ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णय सार्वजनिक गर्दै प्रवक्ता बाँस्कोटाले गोरखकाली रबर उद्योग लिमिटेडका कर्मचारीहरुलाई अनिवार्य अवकाश दिने निर्णय भएको बताउनुभयो । बैठकले उद्योगको बैकल्पिक ब्यबस्थापन गर्ने निर्णय पनि गरेको छ ।  

कर्मचारीलाई अवकास बापत पाउने सुविधा दिनुअघि उनीहरुको बक्यौता भने बुझाउनुपर्ने सरकारका प्रवक्ता बास्कोटाले जानकारी दिनुभयो । गोरखा नगरपालिका–१३, मझुवा देउरालीमा रहेको रबर उद्योग २०७१ चैतदेखि बन्द छ ।

यस्तै सरकारले जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनि लिमिटेडको महाप्रबन्धक पदमा ललितपुर ठैवका ज्ञानेश्वर कार्की र भाषा आयोगको सदस्य पदमा उषा हमाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

नेपाल औषधि लिमिटेडका महाप्रबन्धक ड़ा रोभश कुशुम सुवेदीले दिनुभएको राजीनामा पनि बैठकले स्वीकृत गरेको छ ।

बैठकले रक्सौल अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउनको लागि बाटोमा पर्ने रुख कटान गरी हटाउन अनुमति दिने निर्णय गरेको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने बाराको पथलैयादेखि अमलेखगञ्जसम्म पाइपलाइन बिच्छ्याउन ८८ हजार १ सय ६३ वटा रुख काट्नुपर्ने छ । पाइप बिच्छ्याउने क्षेत्रमा जंगल परेकाले झण्डै ९ किलोमिटर क्षेत्रमा भूमिगत पेट्रोलियम पाइपलाइन बिछ्याउने काम रोकिएको छ ।  

यस्तै बैठकले सशस्त्र द्वन्दको क्रममा घाइते, अपाङ्ग तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका  ४४ जनालाई औषधि उपचार खर्चका लागि १० लाख रुपैयाँ सहायता उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

दैलेखका नरवीर दमाई, कालिकोटका मन दर्जी, जुम्लाका बीरबहादुर परियार लगायत ४४ जनालाई यस्तो सहायता प्रदान गरिने प्रवक्ता बाँस्कोटाले बताउनुभयो ।  

यस्ताे छ मन्त्रिपरिषद् बैठकले गरेका निर्णय

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया