एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डौ - वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पाँच वर्षे सरकारको कामको अहिल्यै मूल्याङ्कन गर्ने समय भइनसकेको बताउनुभएको छ ।
गणेश हिमाल पर्यटन समाजले बिहीबार राजधानीमा गरेको कार्यक्रममा मन्त्री बस्नेतले वर्तमान सरकारले घर निर्माण सम्पन्न भएलगत्तै जिम्मेवारी सम्हालेको र अब इन्टेरियरको काम बाँकी रहेको बताउनुभयो ।
‘घर बनाएर मात्र हुँदैन’, मन्त्री बस्नेतले भन्नुभयो, ‘इन्टेरियर फिनिसिङको काम बाँकी थियो, त्यो काम करिब सकियो ।’ संविधान जारी भएपछि बनेको सरकारले संक्रमणकाल व्यवस्थापन गर्नुपर्ने भए पनि त्यतिबेलाका दुईवटा सरकार स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचनमा केन्द्रित भएकाले वर्तमान सरकारलाई संक्रमणकाल व्यवस्थापनको समेत जिम्मेवारी आएका कारण देखिने गरी काम नभएको उल्लेख गर्नुभयो ।
संक्रमणकालमा गर्नुपर्ने प्रशासनिक पुनःर्संरचना, वित्तीय व्यवस्थापन तथा नयाँ संविधानअनुसारका ऐन/कानून निर्माणका कामसमेत वर्तमान सरकारले गर्नुपरेकाले एक वर्षको समय त्यसैमा बितेको उहाँको भनाइ थियो ।
फागुन २१ गतेभित्रै ती काम सक्नुपर्ने संवैधानिक सीमा रहेको चर्चा गर्दै मन्त्री बस्नेतले सरकार अब ‘स्मूथली’ विकास निर्माण, आर्थिक समृद्धि र जनताका अपेक्षाअनुसारका काममा केन्द्रित हुने बताउनुभयो ।
दुई तिहाइको वर्तमान सरकारबाट जनताले उच्च अपेक्षा राख्नुलाई गलत भन्न नहुने स्पष्ट गर्दै उहाँले जनअपेक्षाअनुसार काम अघि बढाउन आवश्यक कानून र संरचना निर्माण भइसकेकाले अब तीव्र गतिमा सरकार अघि बढ्ने बताउनुभयो ।
विगतमा ०१५ र ०४८ सालमा पनि एकल बहुमतको सरकार बनेको स्मरण गर्दै मन्त्री बस्नेतले त्यतिबेला नेतृत्वको चलाउने ढंग नपुगेर र राजाको हस्तक्षेपका कारण असफल भएको र अहिलेको सरकारलाई कुनै पनि नाममा असफल हुने छुट नरहेकोबारे आफूहरु सचेत रहेको स्पष्ट गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।