एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै - कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले सरकार देशलाई समृद्ध बनाउने अभियानमा केन्द्रित रहेको बताउनु भएको छ ।
कार्यवाहक प्रधानमन्त्री पोखरेलले मुलुकमा राजनीतिक क्रान्तिको कालखण्ड सकिएको उल्लेख गर्दै अब आर्थिक विकासका लागि सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानलाई अघि बढाएको पनि स्पष्ट पार्नुभयो ।
शुक्रबारबाट काठमाण्डौमा सुरु भएको दक्षिण एसियाली क्षेत्रीय महिला सम्मेलनलाई उद्घाटन गर्दै उहाँले महिलामाथि हुने विभेद अन्त्यका लागि सरकारले विद्यमान ऐन, कानुनलाई कडाइका साथ लागू गर्ने प्रतिबद्धता पनि जनाउनु भयो ।
कार्यवाहक प्रधानमन्त्री पोखरेलले मुलुकमा प्राप्त राजनीतिक उपलब्धिको जगमा संघीयता, समावेशितालगायतका सिद्धान्तलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजाने पनि बताउनु भयो ।
उहाँले बोक्सी, दाइजोलगायतका सामाजिक कुरीतिविरुद्ध अभियान नै सञ्चालन गरेर अघि बढने योजना पनि अघि सार्नुभयो ।
कार्यवाहक प्रधानमन्त्री पोखरेलले महिलामाथि हुने सबै प्रकारको विभेद अन्त्य गर्न महिलाहरुको क्षेत्रमा कार्यरत संघ, संस्थाहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको पनि स्मरण गराउनुभयो ।
२ दिनसम्म चल्ने सम्मेलनमा दक्षिण एसियाली क्षेत्रमा महिलामाथि हुने सबै प्रकारको विभेद अन्त्यका लागि ठोस रणनीति तय गर्ने अपेक्षा गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।