एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डौ – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेनेजुएलामा प्रजातान्त्रिक ढंगले निर्वाचित भएका राष्ट्रपति निकोलस मडुरोको समर्थन गर्नु भएको छ ।
उहाँले आज प्रेस विज्ञप्ति निकालेर अमेरिकालगायतका केही राष्ट्रले भेनेजुएलाको आन्तरिक मामिलामा दक्खल दिएको बताउनु भएको छ । उहाँले राष्ट्रपति चुन्न पाउने त्यहाँको नागरिकको अधिकारलाई आफ्नो पार्टीले पनि समर्थन गर्ने भन्दै राष्ट्रपति मडुरोको समर्थन गर्ने विज्ञप्तिमा उल्लेख छ ।
भेनेजुएलामा विपक्षी नेता खुआन गोइडोले आफूलाई देशको कार्यकारी राष्ट्रपति घोषणा गरेलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पश्चिमा राष्ट्रले स्वीकार्य भन्दै समर्थन गरेका छन् ।
प्रचण्डले निकालेको विज्ञप्तिमा, विपक्षी नेताले आफैंँलाई राष्ट्रपति घोषणा गर्नु र अमेरिकालगायत पश्चिमा राष्ट्रले त्यसलाई तत्काल समर्थन गर्नु भेनेजुएलाका राष्ट्रपति मडुरो र त्यहाँका नागरिक विरुद्ध ग्राण्ड डिजाइन भएको उल्लेख गरिएको छ ।
यही जनवरी महिनाको शुरुमा भेनेजुएलामा निकोलस मडुरोले राष्ट्रपतिको रुपमा दोस्रो कार्यकालको लागि सपथ लिनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।