एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डौ - नेपाली कांग्रेसका युवा नेता गगन थापाले सभामुखले जालझेलपूर्ण तरिकाले संसदमा विधेयक पारित गराएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतले पारित गरेपछि नेता थापाले यस्तो प्रतिकृया दिनुभएको हो ।
मंगलबारको बैठकमा सभामुखको व्यवहार पूर्वाग्रही रहेकाे र आजको बैठकसम्म आईपुग्दा सभामुखको व्यवहार जालझेलपूर्ण पनि भएको उहाँले बताउनुभयो ।
सत्तारुढ दलका सांसदले चोक चौतारीबाट आदेश जारी गर्ने र सभामुखले त्यो आदेशलाई पालना गर्ने काम गरेको देखिएको भन्दै उहाँले सभामुखको कदम निष्पक्ष हुन नसकेको बताउनुभयो ।
कांग्रेसलाई जसले जिस्कायो सकिएको इतिहास छ - कांग्रेस नेता गगन थापा@thapagk pic.twitter.com/dt6ebTZp1s
— Ujyaalo (@Ujyaalo) January 25, 2019
निषेधको राजनीति गरेर सदनमा गरिएको यो व्यवहारले सरकार र सभामुख दुबैलाई महगो सावित हुने चेतावनी समेत उहाँले दिनुभयो । नेता थापाले कांग्रेसलाई जसले गिज्यायो त्यो सकिएको उदाहरण रहेको स्मरण गराउँदै यस्तो चेतावनी दिनुभएको हो ।
सरकारले एक दुई जनाको निजी मेडिकल कलेज खोल्न प्रतिपक्षिसँग लड्न र डा. गोविन्द केसीको जीवन लुट्न उद्दत भएको आजको घटनाले देखाएको नेता थापाले दावी गर्नुभयाे ।
सत्तारुढ दलकै सांसदहरुले डा.केसीको ९५ प्रतिशत माग पूरा भएको भन्नुले ५ प्रतिशत कसका लागि राखेको भन्दै प्रश्न पनि गर्नुभयो ।
‘डा.केसीलाई मार्न तयार हुने सरकारले जवाफ दिनुपर्छ,’ थापाले भन्नुभयाे, ‘सरकार शक्तिशाली कि सरकार चलाउने केही व्यापारी शक्तिशाली ?’
दुई तिहाइको हैकममा जे पनि गरेहुन्छ भन्ने हैकमवादी शैलीको अब कांग्रेसले सदनमा मात्रै नभई सडकबाट लडाइँ लड्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।