एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै - काठमाण्डाै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संघीय संसद चल्न नदिएर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रजातन्त्रको उपहास गरिरहेको टिप्पणी गर्नुभएको छ ।
मेयर शाक्यले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै अप्ठयारोमा पार्ने गरी जनमतको अपमान गर्ने काम कांग्रेसले गरिरहेको आरोप पनि लगाउनुभयो ।
जनताबाट निर्वाचित भएर आएकाहरुलाई कामै गर्न नदिएर कांग्रेसले शहीदहरुले देखाएको बाटोमासमेत अवराेध खडा गरिरहेको उहाँको दावी छ । आइतबार शहीद सप्ताह कार्यक्रम अन्तरगत सहिद धर्मभक्त माथेमाले शहादत प्राप्त गर्नु भएको काठमाण्डाैकाे सिफलमा आयोजित स्मृति सभामा उहाँले शहीदहरुको सपना पूरा गर्न र मुलुकलाई जनमत अनुसार अघि बढाउन जनता आफै अग्रसर हुने बेला आएको पनि स्पष्ट पार्नुभयो ।
मेयर शाक्यले शहीदहरुले देखाएको बाटौबाटै अघि बढने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
मेयर शाक्यले निर्वाचनमा जित्नेलाई शासन गर्न दिएमात्रै देशलाई शहीदहरुले देखाएको बाटोमा अघि बढाउन सकिने पनि स्पष्ट पार्नुभयो ।
वि. सं. १९९७ साल माघ १३ गते, काठमाण्डाैकाे सिफलमा रहेको बकाइनोको रुखमा झुण्ड्याएर धर्मभक्त माथेमालाई प्राणदण्ड दिइएको थियो । वि. सं. १९६६ साल आश्विन १ गते काठमाण्डाैकाे ओमबहालमा जन्मनु भएका माथेमालाई तत्कालिन जहाँनिया राणा शासकको विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोप लगाइ मृत्युदण्ड दिइएको थियो ।
तत्कालिन राणा प्रधानमन्त्री जुद्ध शम्शेरले वि. सं. १९९७ साल माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिने निर्णय गरेका थिए ।
निर्णय भएको ४ दिनपछि शुक्रराज शास्त्रीलाई टेकु, पचलीमा झुण्ड्याएर, ७ दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुण्ड्याएर र ९ दिनपछि दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।