एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले डा. गोविन्द केसीलाई आमरण अनसन फिर्ता लिन आग्रह गर्नु भएको छ ।
मन्त्री पोखरेलले डा. केसीको जीवन रक्षाको प्रश्न सरकारमाथि मात्रै नतेर्स्याउन पनि अपिल गर्नुभयो । डा. केसी वरीपरि बसेकाहरुले पनि उहाँको जीवन रक्षाका लागि पहल गर्नुपर्ने जिम्मेवारी रहेको मन्त्री पोखरेलको भनाइ छ ।
मन्त्री पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदको बाटोबाटै पारित गराउने विषयमा डा. केसीको पनि सहमति रहेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयनमा लैजाने वातावरण बनाउन सबैलाई पहल गर्न आग्रह गर्नुभयो । उहाँले चिकित्सा क्षेत्रको सुधारकै लागि सो विधेयक प्रतिनिधिसभाबाट पारित गराएकाले त्यसमा डा. केसीले चित्त दुःखाउनुपर्ने कुनै कारण नरहेको तर्क पनि गर्नुभयो ।
उहाँले डा. केसीले राजनीतिक मुद्दा उठाएर आफ्नो उचाइ घटाएको आरोप पनि लगाउनुभयो । आइतबार काठमाण्डाैमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री पोखरेलले सरकारको राजीनामा माग्ने लगायतको विज्ञप्ति जारी गरेर डा. केसीले आफ्नो उचाइ घटाएको पनि बताउनुभयो ।
मन्त्री पोखरेलले फागुन महिनाभित्र राष्ट्रिय शिक्षा नीति बनाइसक्ने घोषणा पनि गर्नुभयो । राष्ट्रिय शिक्षा नीति र त्यससँग सम्बन्धित ऐन निर्माणको काममा सहयोग गर्न पनि सरोकारवाला निकायलाई मन्त्री पोखरेलको आग्रह छ ।
उहाँले शिक्षा विकासको पनि पूर्वाधार भएकाले यस क्षेत्रको सुधारमा सरकार प्रतिबद्ध भएर लागि परेको पनि बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।