राष्ट्रियसभाबाट ‘चिकित्सा शिक्षा विधेयक’ विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

 माघ १४, २०७५ सोमबार १३:१८:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकाे विराेधकाबीच ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट स्वीकृत भएकाे छ । 

मंगलबार बसेकाे राष्ट्रियसभा बैठकमा कांग्रेसले विराेध गरे पनि राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले विधेयकमाथिकाे कारवाही अघि बढाउनुभएकाे थियाे ।  

कांग्रेस सांसदहरूले नाराबाजी गरिरहेकै बेला अध्यक्ष तिमिल्सिनाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई विधेयक पेश गर्न अनुमति दिनुभएकाे थियाे ।   

अध्यक्षले शिक्षामन्त्री पाेखरेलले सदनमा प्रस्तुत गर्नुभएकाे विधेयकमा छलफलमा भाग लिन आग्रह गरे पनि बिपक्षी कांग्रेस नाराबाजीमै रहेकाले त्यसमा कसैले पनि भाग लिएनन् ।

छलफलमा भाग नलिएपछि सभामा प्रस्तुत भएकाे ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्नुभयाे ।  

उहाँले विधेयक संशोधन प्रस्ताव राष्ट्रिय सभा नियमावली २०७५ को नियम १०६ को विधेयक शाखा सिंहदरबारमा संशोधन प्रस्ताव दर्ता गर्न सकिने जानकारी पनि दिनुभयाे ।  

राष्ट्रियसभाको अर्को बैठक आगामी बिहीबार १७ गते २ बजेका लागि बोलाइएको छ ।

 

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया