एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आमरण अनसन छोड्न डा. गोविन्द केसीलाई पुनः आग्रह गर्नु भएको छ ।
मन्त्री पोखरेलले संसदले पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई स्वागत गरेर अघि बढदा नै डा. केसीको पनि सम्मान हुने तर्कसमेत गर्नुभयो ।
राष्ट्रिय सभाको सोमबारको बैठकमा सो विधेयक टेबल गरेपछि उहाँले विधि प्रक्रियाभित्रै रहेर पारित गराउने पनि स्पष्ट पार्नुभयो । संसदीय विधि र प्रक्रियामाथि बाधा पार्ने काम डा. केसीले गर्न नहुने उहाँको भनाइ थियो ।
मन्त्री पोखरेलले डा. केसीको मूलभूत मागलाई समेटिएर विधेयक आएको उल्लेख गर्दै त्यसमा केही कमजोरी भए संशोधन गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो ।
मन्त्री पोखरेलले डा. केसीको जीवन रक्षाका लागि सरकारले इलामबाट काठमाडौं ल्याएर उपचार गरिरहेको पनि स्पष्ट पार्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।