विकास निर्माणकाे कामले अब तीव्रता पाउँछ : प्रम ओली

 माघ १४, २०७५ सोमबार १८:५०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको कामलाई तीव्रता दिन सरकार सम्पूर्ण रुपमा केन्द्रित भएको बताउनु भएको छ ।  

प्रधानमन्त्री ओलीले विकास निर्माणको काममा ढिलाइ हुन नदिन सरकारले ‘हरेक दिन हरेक क्षेत्रमा एक कदम अगाडि’ बढने अभियान नै सञ्चालन गरिरहेको दावी पनि गर्नुभयो ।

सोमबार चीन सरकारले विस्तार गरी हस्तान्तरण गरेको काठमाण्डाैकाे कोटेश्वर - कलंकी सडक खण्डको उद्घाटन गर्दै उहाँले विकास निर्माणको कामलाई अघि बढाउन सहज वातावरण बनाई दिन पनि सम्बन्धित मन्त्रालयलाई कडा निर्देशन दिनुभयो ।

कार्यक्रममा चिनिया राजदुत होऊ यान्छीले सो सडकखण्ड विस्तारको काममा बिजुली पोल हटाउने लगायतका थुप्रै समस्या भएको उल्लेख गरेपछि प्रधानमन्त्री ओलीले आइन्दा त्यस्ता खालका समस्या आउन नदिन मातहतका निकायलाई सचेत गराउनु भयो ।

उहाँले सरकारले विकास निर्माणको काममा तीव्रता दिन दुवै छिमेकी मुलुक चीन र भारतसँगको सम्बन्धलाई अझै मित्रवत बनाएर अघि बढाउन चाहेको पनि  स्पष्ट पार्नु भयो ।

प्रधानमन्त्री  ओलीले जनताको तीव्र आर्थिक विकासको आकांक्षालाई सम्बोधन गर्न पनि सरकारले वैदेशिक लगानी भित्र्याउने कामलाई उच्च प्राथमिकता दिएको पनि बताउनु भयो । राष्ट्रिय हितलाई केन्द्रमा राखेर वैदेशिक लगानी परिचालन गर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया