एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गएकाे माघ ६ गते बसेको संवैधानिक परिषदको निर्णय फिर्ता गर्न संसदीय सुनुवाइ विशेष समितिसँग माग गरेको छ ।
समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट समितिमा प्रतिनिधित्व गर्ने ज्ञानेन्द्रबहादुर कार्की, जितेन्द्रनारायण देव, भिमसेनदास प्रधान र पुष्पा भुसालले प्रमुख प्रतिपक्षी दलको नेताको अनुपस्थितिमा बसेको बैठकको निर्णय मान्य नहुने भन्दै संवैधानिक परिषदमै सो निर्णय फिर्ता गराउन माग गर्नु भएको हो ।
माघ ६ गते बसेको संवैधानिक परिषदको बैठकले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको अनुपस्थितिमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलगायतका पाँच वटा संवैधानिक आयोगको अध्यक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णय संविधान र कानुन विपरीत रहेकाले समितिले संवैधानिक परिषदमै फिर्ता गर्नुपर्ने कांग्रेसको तर्क छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्षी दलको नेतालाई सूचना नै नदिई संवैधानिक परिषदले गरेको निर्णय मान्य नहुने पार्टीको अडान रहेको स्पष्ट पार्नुभयो ।
उहाँले संवैधानिक परिषदको उक्त निर्णय संविधान, ऐन, कानुनी प्रक्रिया र पद्धतिको ठाडै उलंघन हुनेगरी आएकाले संसदीय सुनुवाई विशेष समितिमा आएको सो सिफारिसमाथि सुनुवाई गर्न नहुने बताउनुभयाे ।
कांग्रेस केन्द्रीय कार्य समितिको आजको बैठकमा पनि नेताहरुले संविधान विपरीत गरिएको निर्णय संवैधानिक परिषदमा फिर्ता नभए न्यायका लागि अदालत जाने विषयमा पनि छलफल भएको थियो ।
छलफलमा नेताहरुले कानुनविद्हरुसँग आवश्यक परामर्श गरेर अघि बढ्ने विषयमा जोड दिएकाे प्रवक्ता शर्माले बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।