एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै - संसदीय सुनुवाई विशेष समितिले संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि नियुक्तिका लागि सरकारले सिफारिस गरेका अमृतबहादुर राईको नाम अनुमोदन गरेको छ ।
समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिका लागि सरकारले सिफारिस गरेकाे राईको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।
योग्यता, क्षमता र कार्ययोजनाको मूल्यांकन गरी राईको नाम संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिका लागि सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । गएकाे पुस २७ गते बसेको मन्त्रिपरिषद बैठकले राईलाई संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिका लागि नियुक्त गर्न सिफारिस गरेको थियो ।
बैठकमा राईले ठूला राष्ट्रहरुले हतियार खरिदका लागि गर्ने खर्च गरिबि, अभाव र भोकमरी अन्त्यमा प्रयोग गर्न आफूले संयुक्त राष्ट्रसंघमा पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले साना राष्ट्रको पनि ठूला राष्ट्र सरहको सार्वभौम समानताको अधिकार प्राप्तिमा पनि आफूले सक्दो पहल गर्ने योजना पनि अघि सार्नुभयो ।
संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेका राईलाई राष्ट्रपतिले संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।