एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डौ – महिला र पुरुषबाहेक तेश्रो लिङ्गीलाई जैविकीय गुणका आधारमा पहिचानसहितको नागरिकता प्रदान गर्ने विषयमा सांसदहरुबीच मतभेद देखिएको छ ।
प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको शुक्रबार बसेको बैठकमा नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सांसदहरुबीच नेपाली नागरिकताको प्रमाणपत्रको लिङ्गको महलमा महिला वा पुरुष वा अन्य उल्लेख गरी लैङ्गिक पहिचानसमेत खुलाउनुपर्ने विषयमा मत भिन्न देखिएको हो ।
अधिकांश सांसदले संविधानले पहिचानसहितको नागरिकताको प्रत्याभूति दिएको र सर्वोच्चले पनि तेश्रो लिङ्गीलाई नागरिकता प्रदान गर्नु भन्ने आदेश गरिसकेकाले महिला वा पुरुषबाहेक अन्य भनिएको स्थानमा स्पष्ट लिङ्ग उल्लेख गर्नुपर्ने दावी गरेका छन् । पछिल्लो समय लिङ्ग परिर्वतन गर्ने प्रचलन बढिरहेको अवस्थामा तेश्रो लिङ्गीलाई पनि दावी गरे अनुसारको पहिचानलाई आधार मानेर नागरिकता प्रदान गर्दा समाजमा विकृति बढ्ने भन्दै उनीहरुले त्यसो गर्न नहुने जिकिर गरे ।
बैठकमा समिति सदस्य गगन थापा, पुष्पा भुसाल, नवराज सिलवाल, रेखा शर्मा , राजेन्द्र श्रेष्ठलगायतले संविधानले नै लैङ्गीक पहिचानसहितको नागरिकताको प्रत्याभूति गरेकाले नागरिकता ऐनलाई पनि त्यही मर्मअनुसार परिर्वतन गरिनुपर्ने तर्क गरे । तर समिति सदस्य दिलेन्द्र बडूले तथ्यमा आधारित भएर नागरिकता प्रदान गर्ने व्यवस्था नगर्ने हो भने समाजमा विकृति निम्तने दावी गर्नुभयो ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सह–सचिव लीलादेवी गड्तौलाले नागरिकताको प्रमाणपत्रको लिङ्गको महलमा महिला वा पुरुष वा अन्य लेख्दैमा कसैको अपमान भयो भन्न नमिल्ने तर्क गर्नुभयो । अन्य लेखिएको स्थानमा लिंङ्गको पहिचान अनुसारको नाम लेख्न सकिने भन्दै उहाँले त्यसलाई विवादको विषय बनाउन नमिल्ने बताउनुभयो ।
गृहसचिव प्रेम राईले लिङ्ग परिर्वतन गर्ने चलन बढ्दै गएकाले त्यस्ताको सवालमा मेडिकल बोर्डको सिफारिसका आधारमा नागरिकता प्रदान गर्ने गरी अर्को प्रावधानसहितको महल थप गर्न सकिने बताउनुभयो ।
नागरिकताको प्रमाणपत्रको लिङ्गको महलमा लेखिएको अन्य को सवालमा विवाद भएपछि त्यसबारे निर्णयमा पुग्नका लागि समितिले गृह, कानून मन्त्रालयका पदाधिकारी र संसोधनकर्तासंग छलफल गरेको हो ।
संविधानको धारा १२ मा ‘वंशीय आधार तथा लैंगिक पहिचान सहितको नागरिकता : संविधान बमोजिम बंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले निजको आमा वा बाबुको नामबाट लैंगिक पहिचान सहितको नेपालको नागरिकताको प्रमाणपत्र पाउन सक्नेछ’ भन्ने उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।