राणा–लोहनी एक भए, नयाँ पार्टीको नाम राप्रपा संयुक्त

 माघ १८, २०७५ शुक्रबार १८:४३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पशुपति शमशेर राणाले नेतृत्व गरेको राप्रपा (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको एकीकृत राप्रपा (राष्ट्रवादी) बीच एकीकरण भएको छ । 

शुक्रबार राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष राणा र राप्रपा (राष्ट्रवादी)का अध्यक्ष डा. लोहनीले आयोजित घोषणासभामा दुई पार्टीबीच एकीकरण घोषणा गरेका हुन् ।

एकिकरणपछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) राखिएको छ । घोषणा कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्षद्वयले पार्टीले संवैधानिक राजतन्त्र र धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राज्य हुने व्यवस्थालाई मूल मुद्धा बनाउने बताएका छन् । 

दुई पार्टीका शीर्ष नेतृत्वबीच लगातारको छलफलपछि पार्टी एकताका लागि बिहीबार सहमतिपत्रमा हस्ताक्षर भएको थियो । एकीकृत नयाँ पार्टीमा दुई अध्यक्ष हुने सहमति यसअघि नै भइसकेको थियो । 

एकीकृत पार्टीको चुनाव चिन्ह हलो राखिएको छ । राप्रपा (संयुक्त)ले एक वर्षभित्र अधिवेशन गर्ने छ भने पार्टीको विधान एक महिनाभित्र तयार गर्ने बताइएको छ ।

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया