एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
पर्सा - सरकारले पर्साको वीरगञ्जमा रहेकाे कृषि औजार कारखानालाई नया ढंगबाट सञ्चालन गर्ने तयारी गरेको छ ।
लामो समयदेखि बन्द रहेको कारखानाको स्थलगत अध्ययनपछि कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले अध्ययन प्रतिवेदनका आधारमा मोडालिटी परिर्वतन गरेर उद्योग सञ्चालन गरिने बताउनुभएको हो ।
अत्यन्तै प्रतिष्पर्धी बजार भएकाले अहिलेकै अवस्थामा कृषि औजारको बजारमा प्रतिष्पर्धा गर्न सक्ने अवस्था नभए ट्रष्टको रुपमा ल्याएर सम्पत्ति मूल्यांकन गरी नया ढंगले उद्योग सञ्चालन गरिने उहाँले स्पष्ट पार्नुभयो ।
आर्थिक वर्ष २०७५-७६ को बजेटमा कृषि औजार कारखाना स्थापना गरिने उल्लेख छ । २०२४ सालमा रुसको प्राविधिक र आर्थिक सहयोगमा नेपाल सरकारको संयुक्त लगानीमा स्थापना भएको कृषि औजार कारखाना पछिल्लो समय नोक्सानीमा गएपछि २०५४ सालमा सरकारको निजीकरण योजना अन्तरगत राखेर निजी क्षेत्रलाई सञ्चालनको जिम्मेवारी सुम्पिएको थियो ।
त्यसपछि पनि कारखाना सञ्चालन सहज नभएपछि २०५९ चैत ४ गतेको मन्त्रिपरिषद् बैठकबाट सरकारले उद्योग खारेज गर्ने निर्णय गरेको थियो । खारेजीको समयमा १ सय ८० जना स्थायी कामदार कर्मचारी थिए । हाल कारखानामा नायब सुब्बा सरहका एक जना सुरक्षा इन्चार्ज र ८ जना सुरक्षा गार्ड कार्यरत छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।