एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संसदीय समितिहरुले नेपाल टेलिकमको फोरजी सेवा विस्तारको काम अघि बढाउन नदिएको आरोप लगाउनु भएको छ ।
मन्त्री बास्कोटाले ६ वटाभन्दा बढी संसदीय समितिहरुले फोरजी सेवा सञ्चालन गर्न नदिन तर्साउने, धम्क्याउने, हल्लाउने काम गरिरहेकोे भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो । उहाँले नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन गर्न नदिएर कसको सेवा गर्न खोजेको (?) भन्दै संसदीय समितिहरुलाई प्रश्न पनि गर्नुभयो ।
फोरजी सेवा विस्तारमा आर्थिक अनियमितता भयो भनेर गलत आरोप लगाइएको दावी गर्दै मन्त्री बाँस्कोटाले त्यस्ता गलत खालको प्रचारसामु आफूले घुँडा नटेक्ने चेतावनी पनि दिनुभयो । मंगलबार नेपाल टेलिकमको १५ औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै उहाँले नेपाल टेलिकमभित्रकै केही व्यवस्थापक र इन्जिनियरहरुले राति-राति आफ्नो घरको पोल अरुलाई लगाउँदै ‘देश द्रोही’को जस्तो व्यवहार गरेको भन्दै सचेत रहन पनि आग्रह गर्नुभयो ।
मन्त्री बाँस्कोटाले नेपाल टेलिकमका कर्मचारीहरुलाई इमान्दार भएर काम गर्न पनि सचेत गराउँदै जनताको सेवामा समर्पित हुन पनि निर्देशन दिनुभयो ।
मुनाफा आर्जनलाई मुख्य लक्ष्य बनाएर अघि बढेको निजी क्षेत्रसँग जनताको सेवाका लागि समर्पित नेपाल टेलिकमको तुलना हुनै नसक्ने मन्त्री बाँस्कोटाको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।