एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै - संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तरगतको स्वास्थ्य उपसमितिले सरकारले सक्रियता नदेखाए मुलुकको स्वास्थ्य क्षेत्रमा गम्भीर चुनौती खडा हुने निष्कर्ष निकालेको छ ।
संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तरगतको स्वास्थ्य उपसमितिले मंगलबार समितिलाई बुझाएको प्रतिवेदनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो काममा सक्रियता नदेखाए मुलुकको स्वास्थ्य क्षेत्रमा गम्भीर चुनौती खडा हुने उल्लेख गरिएको हो ।
सम्बन्धित मन्त्रालयले सक्रियताका साथ आफ्नो काम नगरे मुलुकको स्वास्थ्य क्षेत्रमा गम्भीर चुनौती खडा हुने देखिएको उपसमितिका संयोजक खगराज अधिकारीले जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्रालय र त्यस अन्तरगतको अस्पतालहरुसँग अन्तरक्रिया गरी तयार पारिएको सो प्रतिवेदनमा जनताको सेवा प्रवाहमा गम्भीर समस्या हुने देखिएको उल्लेख गर्दै सो समस्या समाधानका लागि सरकारलाई सक्रियताका साथ काम गर्न पनि सचेत गराइएको छ ।
उपसमितिले सबै पालिकाहरुमा अस्पताल बनाइ परिचालनको लागि आवश्यक व्यवस्था गर्न सरकारलाई सचेत गराउनपर्ने सुझाव पनि दिएको छ ।
त्यसैगरी केन्द्रिय अस्पतालहरुको फार्मेसी, इमर्जेन्सी, आईसीयू, सीसीयू, जनरल वार्ड तथा ओपीडी न्यूनतम मापदण्डको पनि नभएको उल्लेख गर्दै त्यसको उचित व्यवस्था गर्नुपर्ने, स्वीकृति नलिई सञ्चालनमा रहेका औषधि पसलहरुलाई प्रतिबन्ध गराउने व्यवस्थालाई कडाइका साथ पालना गराउन पनि सरकारलाई सचेत गराउनुपर्ने सुझाव पनि प्रतिवेदनमा उल्लेख गरिएको उपसमितिका संयोजक अधिकारीले बताउनु भयो ।
विभिन्न २० वटा अस्पतालहरुसँग अन्तरक्रिया गरी तयार पारिएको प्रतिवेदनमा स्वास्थ्य नीतिलाई समय सापेक्ष बनाउन पनि सरकारलाई सुझाव दिइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।