संसदमा मिनेन्द्र रिजालकाे प्रश्न: जेरी र लड्डुको रंग कहिलेदेखि हरियो र निलो हुन्छ मन्त्री ज्यु ?

 माघ २३, २०७५ बुधबार १५:१८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ -  कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल बलदेवले कृषि उत्पादनमा विषादीरहित बनाउने प्रयास जारी रहेको बताउनुभएको छ । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री खनालले नेपालमा उत्पादन हुने कृषि उत्पादनमा सामान्य विषादी देखिए पनि डरलाग्दो प्रयोग भने नरहेको बताउनुभयो । 

उपत्यकाको काभ्रे, सिन्धुपाल्चोक, काठमाण्डौसहित तराईको सर्लाही लगायतका ठाउँमा उत्पादन भएका तरकारीमा अन्य स्थानकोभन्दा केही बढि विषादी प्रयोग गरेको पाइएको बताउनुभयो ।  

सरकारले विषादीको मापदण्ड समेत तयार पारेर अघि बढेकाले प्रयोग भएको विषादी पनि बिस्तारै पूर्णतः बन्देज गर्दै लगिने बताउनुभयो । विषादीको वर्गिकरण गरेर रातो संकेत लगाइएको विषादी डरलाग्दो र निलो रंगको संकेत लगाइएको विषादी तुलनात्मक रुपमा सामान्य भनेर वर्गिकरण गरिएको मन्त्री खनालले बताउनुभयो ।  

मन्त्री खनालले विषादी वर्गिकरण रातो र निलो रंगमा गरिएको भनेर बताएसँगै प्रश्न गर्ने पालो पाएका कांग्रेसका सांसद मिनेन्द्र रिजालले काठमाण्डौमा पाइने रातो रंगका जेरी र लड्डु पनि सेवनका लागि डरलाग्दो हो ? भनेर सोध्नुभयो ।  

रातो र पहेँलो रंग देखिने जेरी र लड्डु सेवनका लागि डरलाग्दो बनेको हो ? भन्दै उहाँले अब कहिलेदेखि जेरी र लड्डुमा हरियो र निलो रंगको प्रयोग हुन्छ भनिदिनुस् भनेर मन्त्री खनाललाई प्रश्न तेर्साउनुभयो । 
 

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया