एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै - अर्थमन्त्री डाक्टर युवराज खतिवडाले देशको सबै स्थानीय तहमा वाणिज्य बैकको शाखा पुर्याउने नीति अनुरुप सरकारले काम गरिरहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा सांसदहरुले राखेको प्रश्नको जवाफ दिदै मन्त्री खतिवडाले ७ सय ५३ वटै स्थानीय तहमा वाणिज्य बैकको शाखा पुर्याउने गरी काम भइरहेको जानकारी दिनुभएको हो ।
उहाँले ७ सय ५३ मध्ये ७ सय ३ वटा स्थानीय तहमा वाणिज्य बैकको शाखा विस्तार भइसकेको र चैत मसान्तभित्र ३० वटा स्थानीय तहमा वाज्य बैकको शाखा विस्तार भइसक्ने बताउनुभयो । उहाँले यसै आर्थिक वर्षभित्र सबै तहमा वाणिज्य बैकको शाखा विस्तार हुने विश्वास आफूले लिएको बताउनुभयो ।
मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा सांसद दिलेन्द्र प्रसाद बडूले दार्चुला जिल्लाको लेकम गाउँपालिकामा इजाजत प्राप्त बैकको शाखा कहिले सम्म खुल्छ ? र सबै गाउँपालिकाहरुमा बैक सेवा कहिले सम्म पुग्छ ? भनी प्रश्न गर्नुभएको थियो ।
जवाफमा मन्त्री खतिवडाले लक्ष्मी बैकले लेकममा शाखा स्थापना गरी सञ्चालन भइरहेको र यसै आर्थिक वर्षभित्र सबै स्थानीय तहमा वाणिज्य बैकका शाखा पुग्ने र त्यसको आवधिक प्रगतिको निरन्तर अनुगमन गर्ने कार्य नेपाल राष्ट्र बैकबाट भइरहेको बताउनुभयो ।
गाउँपालिकाको केन्द्रमा नै शाखा खोल्नु उपयुक्त हुने भनेर आफूहरुले बैकहरुलाई भन्ने गरेको भए पनि स्थानीय तहको सुगमता, आर्थिक क्रियाकलाप र कारोबारको अवस्था हेरेर बैकका शाखा स्थापना हुने तर्फ पनि विचार पुर्याउनुपर्ने तर्क उहाँले गर्नुभयो ।
सांसद राम बहादुर विष्टले जेष्ठ नागरिकले भत्ता बुझ्न बैक खाता खोल्नुपर्ने र पैसा बुझ्न बैकसम्म पुग्नुपर्ने बाध्यताका कारण दुर्गम स्थानमा समस्या भएको भन्दै वडा-वडा र दैलो दैलोमा जेष्ठ नागरिकलाई भत्ता पुर्याउने व्यवस्था हुन सक्छ कि सक्दैन ? भनी प्रश्न गर्नुभयो ।
जवाफमा मन्त्री खतिवडाले त्यसका लागि पूर्वाधारको विकास गर्दे जानुपर्ने बताउनुभयो ।
सांसद विरोध खतिवडाले निजी बैकले प्रत्येक गाउँपालिकामा पुग्ने प्रतिबद्धता गरेपनि कार्यान्वयनमा उदासिनता देखाएकाले आर्थिक वर्षभरिमा सबै स्थानीय तहमा बैकका शाखा पुग्नेमा मन्त्री ज्यु विश्वस्त हुनुुहुन्छ ? भनी प्रश्न गर्नुभयो ।
सांसद प्रेम सुवालले निजी बैक दुर्गममा पुग्न सक्ने सरकारी नसक्ने ? के सरकारी बैक नीजी भन्दा कमजोर भईसकेको हो ? भनी प्रश्न गर्नुभयो ।
सांसद डिला संग्रौला पन्त, दिव्यमणि राजभण्डारी र गगनकुमार थापाले विदेशी मुद्रा सटहीमा सरकारले निर्धारण गरेको सीमाबारे जिज्ञासा राखेका थिए । विदेश भ्रमणमा जाँदा नेपालीलाई दिएको सटही सुविधा २ हजार ५ सय डलरबाट घटाएर १ हजार ५ सय डलर भएको भन्दै अझै घटाउने योजना त छैन ? भनी प्रश्न गरेका थिए ।
मन्त्री खतिवडाले नेपालीहरुको औसत खर्च गर्ने क्षमताको आधारमा सटही सुविधालाई निश्चित सीमामा ल्याउन खोजेको भन्दै उहाँले सरकारको प्रयास विदेशी डलरको सञ्चिति बढाउने रहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।