हरेक प्रदेशमा प्राणी उद्यान केन्द्र बनाउने सरकारकाे याेजना छ: वनमन्त्री बस्नेत

 माघ २३, २०७५ बुधबार १९:४७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले सबै प्रदेशमा कम्तिमा एउटा प्राणी उद्यान केन्द्र निर्माण गर्नेगरी सरकारले काम गरिरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री बस्नेतले यस्तो बताउनुभएको हो । न्यूनतम एक एकवटा प्राणी उद्यान बनाउने गरी योजनाबद्ध रुपमा सातै प्रदेशमा प्राणी उद्यान बनाएर मानव र प्राणीबीचको द्धन्द्धलाई न्यून गरेर उत्पादन र राजश्व बढाउने ढंगबाट सरकारले काम गरिरहेको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भक्तपुरको सूर्यविनायकमा बनाउन लागिएको सूर्यविनायक राष्ट्रिय प्राणी उद्यानको गुरुयोजना स्वीकृतिको अन्तिम चरणमा रहेको जानकारी गराउनुभयो ।

उहाँले साविकको जिल्ला वन कार्यायलय कास्कीको सहजीकरणमा स्थानीय सरोकारवालाहरु र सामुदायिक वन उपभोक्ता सहमुहहरुको साझेदारीमा गएकाे वर्षदेखि नै पोखरा जिओलोजिकल पार्क नामक संस्था गठन गरी त्यसै संस्थाद्धारा रतुवा मृग, निलगाई, वन बिरालो, बाँदर लगायतका वन्यजन्तुको पालना भइरहेको जानकारी दिनुभयो ।

जिओलोजिकल पार्कमा अहिलेसम्म खरायो, चरा, निलगाई र चितुवाको लागि एक-एकवटा केजसहित एउटा पाले घर निर्माण भएको पनि उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार, पार्क निर्माणदेखि अहिलेसम्म १ करोड १३ लाख २१ हजार रुपैयाँ खर्च भइसकेको छ ।

सांसद खगराज अधिकारीले पोखरा महानगरपालिका वडा नम्बर ३१ पचभैयामा प्राणी उद्यान बनाउने सरकारको योजना तथा देशभर संचालन भएका प्राणी उद्यान र त्यससम्बन्धी नयाँ आयोजना बारे जानकारी माग्नुभएको थियो ।

सांसद महेश बस्नेतले भक्तपुरको सूर्यविनायकमा बनाउन लागिएको सूर्यविनायक राष्ट्रिय प्राणी उद्यानको गर्ने भनिएको प्राणी उद्यान केन्द्र तीव्र गतिमा निर्माणको लागि आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया