हरिनारायण रौनियारको निलम्बन फुकुवाकाे माग गर्दै सभामुखलाई फोरमकाे ज्ञापनपत्र

 माघ २३, २०७५ बुधबार २०:३७:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाे - सत्तारुढ संघीय समाजवादी फोरम, नेपालले पार्टीका प्रतिनिधिसभाका सांसद हरिनारायणप्रसाद सा रौनियारको निलम्बन तत्काल फुकुवा गर्न माग गर्दै सभामुख कृष्णबहादुर महरालाई ज्ञापन पत्र बुझाएको छ । 

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालले पार्टीका पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका सांसद रौनियारलाई संविधान र प्रतिनिधिसभा नियमावली विपरीत निलम्बन गरिएको निष्कर्ष निकाल्दै तत्काल फुकुवा गर्न माग गर्दै बुधबार सभामुख महरालाई ज्ञापन पत्र बुझाएको हो ।

सांसद रौनियार प्रमुख रहेको पप्पु कन्सट्रक्सन प्रालि कालोसूचीमा परेपछि संघीय संसद सचिवालयले गएकाे असोज १९ गते सांसद रौनियारलाई निलम्बन गरेको थियो । सो निलम्बन संविधान र प्रतिनिधिसभा नियमवली विपरीत रहेकाले सांसद रौनियारको निलम्बन तत्काल फुकुवा गरी संसदीय गतिविधिमा सहभागी गराउन माग गर्दै सभामुख महरालाई ज्ञापन पत्र बुझाइएको संसदीय समाजवादी फोरम, नेपालका महासचिव रामसहाय प्रसाद यादवले जानकारी दिनु भयो ।

संघीय समाजवादी फोरम, नेपालको गएकाे माघ १८ गते बसेको पार्टी संसदीय दलको बैठकले संविधान र प्रतिनिधिसभा नियमावली विपरीत पार्टीका सांसद रौनियारलाई संघीय संसद सचिवालयले निलम्बन गरेको ठहर गर्दै तत्काल फुकुवा गर्न सभामुख महरालाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको थियो ।

त्यसै निर्णय अनुसार पार्टीले बुधबार त्यससम्बन्धमा सभामुख महराको ध्यानाकर्षण गराएको हो । त्यस अवसरमा सभामुख महराले त्यस विषयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालसँग पनि छलफल गर्नुभएको थियो ।

 

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया