एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाले पुरातत्व विभागको अनुमति लिएर मात्रै पशुपति क्षेत्रभित्र रहेको सम्पदाहरुको पुनर्निर्माणको कामलाई अघि बढाउन पशुपति क्षेत्र विकास कोषलाई सचेत गराएको छ ।
महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले पशुपति क्षेत्रभित्र रहेको विश्वरुपा मन्दिरको संरक्षणमा अझै चासो नदिएको भन्दै पशुपति क्षेत्र विकास कोषको कामकारबाहीप्रति असन्तुष्टि पनि जनाउनु भयो । उहाँले पशुपतिनाथको मृगस्थलीमा रहेको विश्वरुपा मन्दिर वरपरको संरचना पुरानै सामग्री प्रयोग गरेर मात्रै बनाउन पनि सचेत गराउनुभयो ।
बिहीबार बिहान त्यस क्षेत्रको अवलोकन गरेपछि उहाँले सिमेन्ट र रड राखेर जथाभावी खाल्डो खनी त्यहाँको संरचना निर्माण गर्न लागेकोमा आपत्ति जनाउँदै पुरानै सामग्री प्रयोग गरेर सम्पदाहरुको पुनर्निर्माणको कामलाई अघि बढाउन कोषको गम्भीर ध्यानाकर्षण गराउनु भयो ।
पशुपति क्षेत्र विकास कोषले पुरातत्व विभागसँग स्वीकृति लिएर तथा स्थानीय सरकारसँग समन्वय गरेर सम्पदाहरुको पुनर्निर्माणको काम अघि नबढाएकोमा उपमेयर खड्गीको आपत्ति छ ।
उपमेयर खडगीले यसअघि पनि त्यस क्षेत्रको अवलोकन गरी विश्व सम्पदा सूचीमा परेकाे विश्वरुपा मन्दिरको संरक्षणका लागि आवश्यक व्यवस्था गर्न पशुपति क्षेत्र विकास कोषलाई आग्रह गर्नुभएको थियो । तर त्यसको सुनुवाई कोषबाट नभएको उपमेयर खड्गीको गुनासो छ ।
सम्पदा प्रेमीहरुसहित त्यस क्षेत्रको स्थलगत अवलोकनमा पुग्नु भएकी उपमेयर खड्गीले भूकम्प गएको ४ वर्ष पुग्न लाग्दा पनि पशुपति क्षेत्र विकास कोषले विश्वरुपा मन्दिरको संरक्षण गर्न नसकेको, सम्पदाहरुको पुनर्निर्माण गर्दा त्यसको मौलिक तथा सांस्कृतिक पहिचानमा ध्यान दिन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।