एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै – भारतका लागि नवनियुक्त नेपाली राजदूत निलाम्बर आचार्यले भारतसँगको सम्बन्धमा फेरि बाधा आउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
भारतका लागि नेपाली राजदूतमा नियुक्त हुनुभएका आचार्यले शुक्रबार काठमाण्डौमा आयोजित साक्षात्कार कार्यक्रममा सरकारको परराष्ट्र नीतिलाई कार्यान्वयन गर्ने काममा आफू दत्तचित्त भएर लागिपर्ने पनि स्पष्ट पार्नुभयो ।
उहाँले नेपालको समृद्धिका लागि भारतीय लगानी भित्र्याउने, रेलमार्ग, जलमार्ग लगायतका सरकारले अघि बढाएको कामलाई सहज ढंगले अघि बढाउन पहल गर्ने, दुई देशबीचको सडक सञ्जाल विस्तार, सीमा अपराध नियन्त्रण लगायतका कामलाई पनि आफूले प्राथमिकता दिने बताउनुभयो ।
‘भारतसँगको सम्बन्ध सकारात्मक ढंगले अघि बढिरहेको र त्यसलाई अझै सुदृढ बनाउनुपर्ने छ,’ राजदूत आचार्यले भन्नुभयो, ‘नेपाल भारत सम्बन्ध चिसिन दिने छैन ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।