एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै - प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबिच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा शनिबार दिउँसो भएको भेटघाटमा पछिल्लो समय देखिएको असमझदारीको विषयमा दुवै अध्यक्षले खुलेर छलफल गरेको वालुवाटार स्रोतले जनाएको छ ।
भेनेजुयलाको संकटका विषयमा प्रचण्डले निकालेको विज्ञप्तिमा प्रचण्ड चिप्लिएको प्रधानमन्त्री ओलीले बताएपछि दुइ नेताबीचकाे सम्बन्ध चिसिएको थियो । शुक्रबार मात्रै अध्यक्ष प्रचण्डले सरकारको कार्यशैलीप्रति चर्को आलोचना गर्नुभएको थियो ।
शनिबारको भेटमा पछिल्लो समय देखिएको असमझदारी लम्बाउन नहुने विषयमा छलफल भएको थियो । ‘सञ्चारमाध्यममा र टोलछिमेकमा हाम्रो सम्बन्ध बिग्रन थाल्यो भनेर चर्चा हुन थालेको छ, यसलाई लामो समय राख्न हुन्न, सम्बन्ध बिगार्न हुन्न’ प्रधानमन्त्रीको भनाई उदृत गर्दै वालुवाटार स्रोतले भन्यो ।
जवाफमा प्रचण्डले सरकार र पार्टी सञ्चालनको विषयमा एकलौटी निर्णय भैरहेको भन्दै असन्तुष्टि राख्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।