एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
धादिङ – नेपाली कांग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघ धादिङको अधिवेशन स्थगित भएपछि तीन जनालाई अध्यक्षको नियुक्तिपत्र दिइएको छ । तीन जनालाई नेविसंघ धादिङको अध्यक्षमा नियुक्त गरेसँगै भाँडभैलो सुरु भएको छ ।
नेतृत्व चुन्न नसकेपछि माघ ७ र ८ गते भएको १४ औँ अधिवेशन विवादका बीच नेताहरुको दबाबमा स्थगित भएको थियो । तीन जनालाई नेविसंघको अध्यक्ष नियुक्त गरिएको छुट्टाछुट्टै पत्र दिएपछि अहिले विवाद चर्किएको हो ।
धादिङका लागि केन्द्रीय प्रतिनिधि एवं नेविसंघ केन्द्रीय सदस्य लक्ष्मणदत्त पन्थीले अध्यक्षका उम्मेद्वार भीम भट्टलाई माघ ९ गते नै अध्यक्षको जिम्मेवारी दिएको पत्र दिएको सोमबार सार्वजनिक भएको हो ।
सोमबार नै पार्टी अध्यक्ष शेरबहादुर देउवालाई राजीनामा बुझाएका नेविसंघका अध्यक्ष नैनसिंह महरको हस्ताक्षरमा गत माघ १९ गते अध्यक्षका अर्का प्रत्यासी सुवास विसुराललाई अध्यक्ष चयन गरिएको पत्र दिएको सार्वजनिक भएपछि विवाद सतहमा आएको थियो ।
यता मंगलबार श्रीराम खतिवडालाई प्रदेश ३ का संयोजक नेविसंघ केन्द्रीय उपाध्यक्ष रामप्रसाद अधिकारीले जिल्ला अध्यक्ष चयन गरेको पत्र दिएको सार्वजनिक भएको छ । तीन जनाको नियुक्ति आएपछि जिल्लामा विद्यार्थीहरु विभाजित भएका हुन्
नेविसंघका केन्द्रीय नेताले आफू निकट नेतालाई अध्यक्ष चयनका लागि पत्र थमाएपछि विवाद चर्किएको हो ।
अधिवेशन उद्घाटन भएर नेतृत्व चयन प्रक्रिया सुरु भइसकेपछि जिल्ला अध्यक्ष बन्नको लागि पाँच जनाको उम्मेद्वारी परेको थियो । अध्यक्षका आकांक्षी धेरै भएपछि चुनाव गराउने तयारी भइरहेका बेला धादिङ जिल्लाको पार्टी नेतृत्वले निर्वाचन प्रक्रिया स्थगित गराएको थियो ।
यसअघि नेपाली कांग्रेस भातृ संगठन प्रेस युनियनको अधिवेशन पनि नेतृत्वको दबाबपछि स्थगित गरिएको थियो । एक वर्ष अघि नेपाल तरुण दलको समेत जिल्ला अधिवेशन स्थगित भएपछि हालसम्म पनि समस्या समाधान भएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।