एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीवासीको सुख र समृद्धिको लागि सरकार दूरगामी सोचका साथ अगाडि बढेको बताउनु भएको छ ।
आज प्रदेश सरकारले एक वर्षमा गरेका कामहरुको सार्वजनिक गर्दै उहाँले कर्णालीको विकास गर्न आगामी दिनका लागि मार्गप्रशस्त हुने आधार तयार गरेकोे बताउनुभयो ।
संघीयता आफैमा नौलो विषय भएकाले एक वर्षमा गरिएका कार्यहरुबाट थप अनुभव र ऊर्जा मिलेको उहाँको भनाई छ । ‘एक वर्षमा गरिएका काम र कारबाही र संगालिएको अनुभवले आगामी दिनका लागि मार्गप्रशस्त हुने आधारहरु तयार गरेका छौँ’, उहाँले भन्नुभयो, ‘यसबाट हामीलाई थप ऊर्जा पनि मिलेको छ ।’ विभिन्न संरचनागत, कानुनी अस्पष्टताकाबीच पनि प्रदेश सरकारले आफ्ना कार्यहरु अगाडि बढाइरहेको बताउनुभयो ।
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको नामाकरण र राजधानी तोकेर ऐतिहासिक काम गरेको बताउनुभयो । प्रदेश सरकारले पहिलो वर्षलाई अध्ययन अनुसन्धान, योजना र कानुन निर्माणका लिएको भन्दै हालसम्म १७ वटा कानुन निर्माण, २७ वटा नीति निमावली, मापदण्ड, निर्देशिकाहरु र प्रदेश मातहत १ सय ८ वटा संरचना निर्माण गरेको जानकारी दिनुभयो ।
उहाँले कर्णालीमा विकासका गतिविधिहरुलाई अघि बढाउन योजना आयोगको गठन गरेर योजनाको अवधारणा तयार गर्ने कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो ।
मुख्यमन्त्री शाहीले यस अवधिमा अवधिमा प्रदेशको ठूला पूर्वाधारमा लगानी जुटाउने प्रयास भइरहेको बताउनुभयो । मुख्यमन्त्री शाहीले उहाँले आफूले चीन भ्रमण गरेर द्विपक्षीय आर्थिक सहयोगको सम्बन्धमा छलफल भएको र सडक निर्माण र स्तरउन्नतिका लागि अध्ययन भइरहेको जानकारी दिनुभयो ।
‘प्रदेशमा लगानी भित्राउनका लागि साझेदारहरुसँग छलफल गरेका छौँ’, उहाँले भन्नुभयो, ‘योजना तयार गर्दैछौँ । यसको कार्य अन्तिम चरणमा पुगेको छ ।’ कर्णालीमा विकास निर्माणलाई अघि बढाउन विज्ञ टोलीसमेत गरिएको उहाँले बताउनुभयो ।
एक वर्षमा कर्णाली प्रदेशले गरेका कामहरु
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।