भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
बाँके - राष्ट्रिय खेलकुद परिषदले दोश्रो पटक तोकेको मितिमा पनि प्रतियोगिता हुन नसकेपछि नेपालगञ्जमा हुने भनिएको ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अनिश्चित भएको छ ।
गएको मंसीरमा तोकिएको प्रतियोगिता तयारी नपुगेको भन्दै माघ २५ देखि फागुन ३ गतेसम्म मिति तोकिएको थियो । पछिल्लो मिति समाप्त भइसके पनि प्रतियोगिताको नयाँ मिति तय नभएको मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम वलीले जानकारी दिनुभयो ।
प्रतियोगिता सञ्चालन गर्ने भनिएको मिति नाघिसक्दा बल्ल प्रदेशस्तरीय खेलाडी छनौट सुरु भएको छ । प्रतियोगिताको उद्घाटन तथा मुख्य खेलस्थल नेपालगञ्ज रङ्गशालामा अहिले भीआईपी प्याराफिट तथा मैदान निर्माण कार्य चलिरहेको छ ।
क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष वलीले भीआईपी प्याराफिट नेपालगञ्ज पुगेपछि मात्रै परिषदले नयाँ मिति तय गर्ने जानकारी दिनुभयो । भीआईपी प्याराफिट भारतको कलकत्ताबाट अबको १०-१२ दिनमा नेपालगञ्ज पुग्छ ।
भीआईपी प्याराफिट नेपालगञ्ज पुगेपछि फिटिङ्गका लागि २-३ हप्ता समय लाग्ने जानकारी अध्यक्ष वलीले दिनुभयो । यसैगरी मैदानमा बर्मुडा दुबो लगाउने कार्य अझै जारी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।