सामूहिक छलफलबाटै नेकपाको सांगठनिक एकता टुंगो लगाइने

 फागुन ६, २०७५ सोमबार १३:५३:४६ | उज्यालो सहकर्मी

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीको सांगठनिक एकता टुंगो लगाउन गठित कार्य दलका सदस्यहरुसँग छलफल गर्ने निर्णय गरेको छ । 

पार्टीको सचिवालयको सोमबार बिहान बसेको बैठकले कार्यदलले बुझाएको प्रतिवेदनबारे टुंगो लगाउन कार्य दलका सदस्यहरुसँगै एक पटक सामूहिक छलफल गर्ने निर्णय गरेको हो । यही फागुन नौ गते बिहान नौ बजे नै  कार्य दलका सदस्यहरुसँग सामूहिक छलफल गरेर पार्टीको सांगठनिक एकीकरणसम्बन्धी आवश्यक नीति र निर्णय लिने निर्णय गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । 

रामबहादुर थापा नेतृत्वको कार्यदलभित्र विवाद भएपछि पार्टी एकतासम्बन्धी टुंगो लगाउने कामलाई पूर्णता नदिई कार्य दलले आफ्नो प्रतिवेदन सचिवालयमा बुझाएको थियो । बैठकमा त्यो कार्यदलको बुझाएको प्रतिवेदनमाथि छलफल गर्दै त्यससम्बन्धमा आवश्यक नीति र निर्णय लिन कार्यदलका सदस्यहरुसँग सामूहिक रुपमै छलफल गर्ने निर्णय गरिएको हो । 

पार्टीको सांगठनिक एकताको कामलाई टुंगो लगाउने जिम्मेवारी पाएको सचिवालय सदस्य थापा, महासचिव विष्णु पौडेलसहितको कार्य दलले अधुरो प्रतिवेदन बुझाएपछि त्यसलाई पूर्णता दिन सचिवालय बैठकले कार्य दलका सदस्यहरुसँग पुनः एक पटक छलफल गर्ने निर्णय गरेको हो । 

प्रदेश कमिटी गठनको निर्णय सच्याउन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अडान लिएपछि कार्य दलले आफ्नो कामलाई अघि बढाउन नसकेको थिएन ।
 

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया