एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सञ्चार माध्यमहरुलाई सरकारको विरोध वा समर्थनको केन्द्र नबन्न आग्रह गर्नुभयो ।
सरकारका प्रवक्तासमेत रहनु भएका मन्त्री बाँस्कोटाले सरकारी सञ्चार माध्यमले पनि सरकारको गुनगान गाइरहन नपर्ने पनि स्पष्ट पार्नुभयो । सञ्चार माध्यमहरुले कसैको विरोध वा समर्थनभन्दा पनि तथ्यमा आधारित रहेर सूचना सम्प्रेषण गर्न आग्रह गर्नु भयाे ।
मंगलबार राष्ट्रिय समाचार समितिको ५८ औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री बाँस्कोटाले न्यूनतम पारिश्रमिक लागू नगरेको भन्दै निजी क्षेत्रको सञ्चार माध्यमप्रति आक्रोश पनि व्यक्त गर्नु भयो ।
राष्ट्रिय समाचार समितिले गर्दै आएको कामप्रति सन्तुष्ट हुने ठाउँ नरहेको भन्दै मन्त्री बाँस्कोटाले समितिलाई सत्यतथ्य समाचारको केन्द्र बन्न सचेत गराउनु भयो ।
कार्यक्रममा ‘राष्ट्रिय समाचार समिति (रासस) पत्रकारिता पुरस्कार’बाट राससका विष्णुप्रसाद नेपाल र नीरजकुमार गौतमलाई सम्मान गरिएको थियो । राष्ट्रिय समाचार समितिले हरेक वर्ष प्रदान गर्दै आएको यो पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।