एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
रुकमु पश्चिम – पूृर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले दुई तिहाइको वर्तमान सरकारबाट गरिएको विकास र समृद्धिको अपेक्षा निराशामा बदलिएको बताउनुभएको छ ।
नयाँ शक्ति नेपालले सुरु गरेको ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रा’ अभियानको क्रममा रुकुम पश्चिम पुग्नुभएका डा.भट्टराईले राजनीतिको फोहोरीकरण र भ्रष्टिकरणलाई शुद्ध नबनाएसम्म देशको समृद्धि हुन नसक्ने औँल्याउनुभयो ।
सरकारले सुशासन कायम गर्न नसकेको र पहिलेको भन्दा भ्रष्टाचार र अनियमितता बढेको भन्दै उहाँले विकासको राष्ट्रिय एजेण्डाको आवश्यकता भएको बताउनुभयो । ‘सरकारले राम्रो गरोस् भन्ने सदिक्षा हो’ उहाँले भन्नुभयो, ‘तर कहिँ कतैबाट पनि सरकारको सूचकांक सकारात्मक छैन ।’
वर्तमान सरकारको एक वर्षको अवधिमा परनिर्भरता झन् बढेको भन्दै उहाँले स्वदेशमा कुनै पनि ठूला परियोजना ल्याउन र वैदेशिक सहायता भित्र्याउन सरकारले नसकेको जनाउनुभयो ।
उहाँले सरकारले एनसेल प्रकरण हल गर्न नसकेको, वाईडबडी जहाज खरिदको काण्ड झन् गम्भीर भएको, बुढिगण्डकी प्रकरणमा कमिशनको खेल भएको, ३३ किलो सुनकाण्डमा मौन रहेको, निर्मला पन्तको प्रकरणमा उच्चपदस्थ व्यक्ति मुछिएको आशंका हुँदा पनि सरकारले केही गर्न नसकेको भन्दै दुई तिहाइको शक्तिशाली सरकारबाट सुशासन र समृद्धि पाउन नसकेको उल्लेख गर्नुभयो ।
पार्टीले सुरुवात गरेको जनसंवाद यात्राको क्रममा भट्टाराईले राजनीतिक परिवर्तन भएता पनि सामाजिक र आर्थिक परिवर्तनको आफूले अनुभुति नपाएको गुनासाे गर्नुभयाे । ‘जनताको जीवनस्तर उस्तै छ’, उहाँले भन्नुभयो, ‘जनयुद्ध सुरु गर्दाका ४० सुत्रीय मागमध्ये राजनीतिक माग पूरा भएको छ, आर्थिक माग पूरा हुन बाँकी छ ।’
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था सहित संविधानको संशोधन जरुरी रहेको भन्दै उहाँले वर्तमान संविधानको रक्षा गर्नुपर्ने उल्लेख गर्नुृभयो ।
जनसंवाद यात्राको क्रममा स्थानीय तहका जनप्रतिनिधिहरुलाई प्राथमिकता दिएर भेटघाट गरिएको बताउँदै उहाँले एक महिने अभियानको प्रतिवेदन संसदमा प्रस्तुत गर्ने समेत बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।