एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै - सार्वजनिक लेखा समितिका सदस्यहरुले झूटाे विवरण उपलब्ध गराउने नेपाल वायु सेवा निगम र पर्यटन मन्त्रालयका कर्मचारीलाई कारबाहीको सिफारिस गर्न माग गरेका छन् ।
बिहीबार बसेकाे समितिकाे बैठकमा बाेल्ने सदस्यहरुले समितिका कामकारबाही प्रभावशून्य रहेको भन्दै सभापतिसँग आक्रोश पोखे ।
सभापतिकाे कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै समितिका सदस्यहरुले प्रभावकारी ढंगले काम नगर्ने हो भने समिति नै खारेज गर्न पनि माग गरे ।
वाइडबडी विमान खरिद प्रकरणमा समितिले दिएको निर्देशन कार्यान्वयबारे अनुगमन नभएको, छानबिनका क्रममा उपसमितिलाई झूटाे विवरण उपलब्ध गराउने नेपाल वायु सेवा निगम र पर्यटन मन्त्रालयका कर्मचारीलाई कारबाहीको सिफारिस नगरिएको, चिनी लगायत सर्वसाधरणको दैनिक उपभोग्य सामानमा भईरहेको कार्टेलिङमा चासो नदेखाएको भन्दै सदस्यहरुले सभापतिको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन् ।
समिति सदस्य प्रेम बहादुर आलेले समितिको निर्देशन कार्यान्वयन नगर्ने सम्बन्धित मन्त्रालयलाई बोलाएर छलफल गर्ने काम हुन नसकेको गुनासो गर्नुभयो । उहाँले कार्यान्वयन पक्ष फितलो हुदै जाँदा समितिको अस्तित्व नरहने भएकाले खारेज गर्न माग गर्नुभयो ।
उहाँले वाइडवडी प्रकरण अध्ययनको क्रममा उपसमितिलाई झुठा विवरण उपलब्ध गराउने निगम र पर्यटन मन्त्रालयका कर्मचारीलाई कारवाहीको सिफारिस गर्नुपर्ने पनि बताउनुभयो ।
समिति सदस्यहरु लेखराज भट्ट र ह्दयेश त्रिपाठीले समितिको निष्कर्षलाई कार्यान्वयन गराउन स्पष्ट मापदण्ड बनाउनुपर्ने, समसामयिक विषयमा छलफल गरि आवश्यक निर्देशन गर्नुपर्ने भन्दै सभापतिको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
समिति सचिव डाक्टर रोजनाथ पाण्डेले गुठीकाे जग्गा हिनामिना, कोशी करिडोरमा विद्युत प्राधिकरणले निर्माण गर्न लागेको प्रसारण लाइन टेण्डर आह्वान, तारागाउँ जग्गा भाडा र शेयरको पुन: मुल्यांकन लगायत बारेमा उजुरी परेको जानकारी गराउनुभयो ।
उहाँले नेपाल टेलिकमकाे फोर जीकाे टेण्डरमा अनियमितता भएको उजुरी परेकाले सो सम्बन्धी कागजात माग्न समितिले ४ पटक पत्राचार गरे पनि नेपाल टेलिकमले उपलब्ध नगराएको पनि बताउनुभयो ।
छलफलमा अधिकांश सदस्यहरुले झूटा विवरणका कारण वाइडबडी विमान खरिद प्रकरणको अध्ययन गर्ने क्रममा समितिको साख गिरेको भन्दै गलत विवरण उपलब्ध गराउनेलाई कारबाहीको सिफारिस गर्न सुझाएका थिए ।
साथै समितिमा प्राप्त उजुरीबारे छलफल गरी आवश्यक निर्देशन गर्न पनि उनीहरुले माग गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।