एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
पर्सा - राष्ट्रपति विद्यादेवी भण्डारीले महिलालाई सक्षम नबनाएसम्म देशले समृद्धि हासिल गर्न नसक्ने बताउनुभको छ ।
आधा आकास ढाकेका महिलाहरुलाई सक्षम बनाउनुका साथै संविधान प्रदत्त अधिकार प्राप्त गर्न सक्ने अवस्थामा पुर्याएपछि मात्रै समृद्ध नेपाल, सुखी नेपालीको अभियानले पूर्णता पाउने पनि उहाँले बताउनुभयो ।
प्रदेश नम्बर -२ को सरकारले सञ्चालन गरेको बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत छोरी शिक्षा बीमा मुद्धति बचत कार्यक्रमको बिहीबार वीरगञ्जमा शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो ।
प्रदेश सरकारले सुरु गरेको छोरी शिक्षा बीमा कार्यक्रमले छोरीको शिक्षा र स्वास्थ्यमा महत्वपूर्ण भुमिका खेल्ने बताउँदै राष्ट्रपति भण्डारीले यो कार्यक्रम अन्य प्रदेशका लागि पनि उदाहरणीय बन्न पुगेको बताउनुभयो ।
अझै पनि छोराछोरीमा विभेद गर्ने प्रवृत्ति रहिरहनु उचित नभएको भन्दै उहाँले त्यसको अन्त्यका लागि प्रदेश २ सरकारले चालेको कदम सह्रानीय रहेको भन्दै प्रशंसा पनि गर्नुभयो ।
कार्यक्रममा प्रदेश न. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले छोरी बीमा कार्यक्रमले सामाजिक न्यायसहितको समतामूलक समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
साथै यो कार्यक्रमले तराइमा अहिले पनि जकडिएर रहेको दाइजो तथा महिला हिंसाका घटना नियन्त्रण हुने विश्वास लिनुभयो । त्यसैगरी प्रदेश न. २ का मुख्यमन्त्री लालबाबु राउत गदीले छोरीलाई सबै कुरामा समान हैसियतमा ल्याउनका लागि यो सुरुवाती कार्यक्रम कार्यक्रम मात्रै रहेको बताउनुभयो ।
प्रदेश सरकारले ५० प्रतिशत महिला आरक्षणको व्यवस्था सहितको कानुन निकट समयमा नै ल्याउने भन्दै उहाँले अब छोरीलाई कुनै पनि तरिकाले विभेदमा नपारिने बताउनुभयो ।
समाज रुपान्तरणको प्रकृयामा प्रदेश सरकार जुटिरहेको भन्दै उहाँले दलित शसक्तिकरण बिधेयक तथा मुस्लिम समुदायको उत्थानको लागि मदर्सा शिक्षामा अंग्रेजी, बिज्ञान र नेपाली बिषय पढाउने गरि आवश्यक तयारी अगाडि बढाइएको पनि बताउनुभयो ।
कार्यक्रमका बीच बीरगंज महानगरपालिकाको वडा न. १ देखि १६ सम्म माघ १ यता जन्मिएका नवजात शिशुहरुको बीमा गरिएको रसिद राष्ट्रपति भण्डारीले उनीहरुका अभिभावकलाई हस्तान्तरण गर्नुभएको थियो ।
जसमध्ये आइसा खातुन, सृजना महतो, आयुषी गुप्ता, सकिना खातुन लगायत वीरगञ्जमा मात्रै २४ जनाको यो अवधिमा छोरी शिक्षा बीमा कार्यक्रम अन्तर्गत बिमा गरिएको छ ।
अब छोरी २० वर्ष भएपछि बीमा बापतको १ लाख रुपैयाँ प्राप्त गर्ने र रकम जम्मा गरिएको प्रभु बैंकको तर्फबाट समेत त्यसमा २५ हजार रुपैयाँ थप गरी १ लाख २५ हजार रुपैया उपलब्ध गराइने मुख्यमन्त्री राउतले जानकारी दिनुभयो ।
कार्यक्रमको पहिलो चरणमा प्रदेश न. २ का ८ जिल्लाका १/१ स्थानीय तहमा सुरु गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।