एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै - विवेकशील नेपाली दलले शुक्रबार साँझदेखि काठमाण्डाैलगायत देशका विभिन्न ठाउँमा भएका बम विस्फोटलगायतका हिंसात्मक घटनामा संग्लनहरुको यथाशक्य छिटो पहिचान गरी कानुनी कारबाही अघि बढाउन सरकारको ध्यानाकर्षण गराएकाे छ ।
शनिबार पार्टीका प्रवक्ता मिलन पाण्डेले एक विज्ञप्ति सार्वजनिक गर्दै कुनै पनि समस्याको समाधान हिंसा-प्रतिहिंसा हुनै नसक्ने बताउनु भएकाे छ ।
ललितपुरको नख्खुस्थित एनसेल प्रा.लि.को गेटमा भएको विस्फोटमा परि उपचारको क्रममा मृत्यु भएका व्यक्तिको परिवारलाई उचित क्षतिपूर्ति र अन्य घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन समेत विवेकशील नेपालीले सरकारसँग आग्रह गरेकाे छ ।
बम विस्फोटको लागि जिम्मेवार पक्षले एनसेल कम्पनीसँग चन्दा मागेको र समयमा नै चन्दा रकम नपाएको कारण विस्फोट गराएको भन्ने समाचारहरू आएका बताउँदै आफूलाई राजनीतिक शक्ति ठान्ने जाे कसैले जबरजस्ती चन्दा असुली गर्नु र आफ्नो माग पूरा नभए बम विस्फोट जस्तो हिंसात्मक गतिविधिमा उत्रनु निन्दनीय भएकाे विवेकशीलले जनाएकाे छ ।
यस्ता घटनाहरूले त्रासको वातावरण सिर्जना गर्ने र लगानीकर्ताको लगानीको सुरक्षामा समेत शङ्का पैदा गर्ने हुँदा, सरकार र सरोकारवालाहरू अत्यन्तै गम्भीर हुन जरुरी भएकाे बताउँदै शान्ति सुरक्षाको व्यवस्था मिलाउन तथा घटना नदोहोरिने प्रत्याभूति दिलाउन सरकारसँग विवेकशील नेपाली दलले माग गरेकाे छ ।
यसअघि गृहमन्त्री रामबहादुर थापा मेडिसिटी अस्पताल पुगेर घाइतेहरुकाे सरकारले नि:शुल्क उपचार गिरिदिने र मृतक सिंहप्रसाद गुरुङकाे परिवारलाई क्षतिपूर्ति दिने बताउनु प्रतिबद्धता जनाउनु भएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।