फोर्ब्सकाे घोषणा : एलन मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति
मंसिर ९, २०८१ आइतबार
रुकुम पश्चिम – दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले ३ थान रेडपाण्डाको छालासहित बाँफिकोट गाउँपालिका वडा नं. ३ कोलचौरका २३ वर्षीय विकास वि.क.लाई पक्राउ गरेको हो ।
शुक्रबार मुसिकोट नगरपालिकाको वडा नं. १ गिलबाङ भन्ने ठाउँमा दूर्लभ वन्यजन्तु रेडपाण्डाको छाला ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी परिचालन गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताउनुभयो ।
उहाँका अनुसार ग ५ प ११६५ नम्बरको मोटरसाइकल प्रयोग गरी रेडपाण्डाको छाला ओसारपसार गरिएको र मोटरसाइकल चालक विकास वि.क.लाई पक्राउ गरिएको हो । मोटरसाइकलको पछाडि बसेका थर र ठेगाना नखुलेका प्रतीक भनिने व्यक्ति फरार रहेका छन् । प्रहरीमाथि हेलमेट र मोटरसाइकलमा प्रयोग हुने नटले प्रहार गरी घाइते बनाएर प्रतीक भाग्न सफल भएका हुन् ।
आक्रमणबाट प्रहरी हवल्दार थिरबहादुर बिष्ट घाइते भएका छन् । बिष्टको दाँया खुट्टामा चोट लागेको छ । प्रहरीमाथि आक्रमण हुँदा पनि ३ थान रेडपाण्डाको छाला, मोटरसाइकलसहित एक जनालाई पक्राउ गर्न प्रहरी सफल रहेको छ । फरार व्यक्तिको खोजी र थप अनुसन्धानकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई जिल्ला वन कार्यालयको जिम्मा लगाइने र वन सम्बन्धि मुद्धा लाग्ने प्रहरीले जनाएको छ । रेडपाण्डा विश्वकै दुर्लभ वन्यजन्तु मानिन्छ ।
डीएसपी खड्काका अनुसार, रुकुम प्रहरीले पछिल्लो पटक वन्यजन्तु तथा जडिबुटी चोरी निकासीमा रोकथामको लागि सक्रियता देखाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।