एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले कृषिमा आधारित उद्योगकाे विकासविना देश सम्मृद्ध हुन नसक्ने बताउनुभएको छ ।
भक्तपुरको गठ्ठाघरमा रहेकाे भक्तपुर तरकारी तथा फलफूल बजारको शनिबार उद्घाटन गर्दे अध्यक्ष दाहालले कृषि उत्पादकत्व वृद्धिमा जोड दिनुभएको हो । कृषिमा आधुनिकीरण, विविधिकरण र व्यवसायीकरण नै सम्मृद्धिको मुख्य आधार भएको भन्दै उहाँले कृषि उत्पादकत्व वृद्धि गर्न विज्ञान प्रविधिको प्रचुर प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कृषि उत्पादनलाई व्यवसायीकरण गर्दै उत्पादक र उपभोक्ताको दूरी घटाइ उत्पादन बढाउने विषय महत्वपूर्ण रहेको भन्दै उहाँले कृषिलाई उद्योगको रुपमा विकास गर्नु जरुरी रहेको बताउनुभयो । उहाँले शिक्षा, विज्ञान र प्रविधिलाई सदुपयोग गरेर कृषि उत्पादनलाई गुणात्मक ढंगले वृद्धि गर्न तर्फ ध्यान केन्द्रित गर्नुपर्ने सुझाव दिनुभयाे ।
कृषि उद्योगको विकास र उत्पादन वृद्धि तथा रोजगारी सिर्जनाको लागि लगानी अनुदान नबढाएसम्म देशलाई सम्मृद्ध बनाउने सपना पूरा हुन नसक्ने बताउनुभयो ।
शिक्षा नीति प्रविधिमैत्री र उत्पादनमुखी नभएका कारण बेरोजगार उत्पादन गर्ने काम मात्रै भएको भन्दै उहाँले प्रविधिमैत्री शिक्षा नीतिमा समेत जोड दिनुभयो । उहाँले विदेशीने युवालाई देशभित्रै उत्पादनमुखी कार्यमा लगाउने हो भने शिक्षामा आमूल परिर्वतन अत्यावश्यक रहेको बताउनुभयो ।
उहाँले स्वदेशको संभाव्यता नहेरी विदेशीनेको जमात देखेर आफै कृषि व्यवसाय गर्न जाउँ कि जस्तो पनि लाग्ने गरेको बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो 'कहिलेकाही त म परिस्थिति हेरेर बडो दिक्क पनि लाग्छ र यो सबै छोडेर आफै खेती गर्न हिँडू कि भन्या जस्तो पनि हुन्छ',
उहाँले भन्नुभयाे, 'सुनको टुक्रा हामीसँगै छ, अझै पनि हामी नै गरिब । अब हाम्रो सोचमा परिर्वतन ल्याउनु जरुरी छ, र यसको नेतृत्व राज्यले नै गर्नुपर्छ । ”
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।