एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्रालयको कामप्रति असन्तुष्टि जनाउनु भएको छ ।
प्रधानमन्त्री ओलीले मुलुकको आवश्यकता अनुसार कृषि उत्पादन र भूमि व्यवस्थापनको काममा तीव्रता दिन पनि दुवै मन्त्रालयलाई निर्देशन दिनुभयो ।
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्रालयको ‘वर्तमान अवस्था र भावी सोच’बारे छलफल गर्दै उहाँले कृषि उत्पादन र भूमि व्यवस्थापनको काममा आवश्यक्ता अनुसार प्रगति नभएको भन्दै चिन्ता पनि व्यक्त गर्नु भयो ।
‘केही नभएको होइन् तर हाम्रो प्रगति आवश्यक्ता अनुरुप हुन सकेन । कृषि उत्पादन र भूमि व्यवस्थापनको प्रगति, उन्नति र विकास तीव्र गतिका साथ अघि बढाउनु पर्दछ ।’ प्रधानमन्त्री ओलीको भनाई थियो ।
प्रधानमन्त्री ओलीले कृषि उत्पादन वृद्धिका लागि कृषि क्षेत्रको आधुनिकीकरणमा जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । उहाँले आधुनिक प्रविधि भित्र्याएर कृषि उत्पादन वृद्धि गर्न सहकारीसँग सहकार्य गरेर अघि बढन पनि कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई सचेत गराउनु भयो ।
प्रधानमन्त्री ओलीले देशमा खाद्य अभाव नरहेको दावीसमेत गर्नु भयो । मुलुकमा खेर फाल्ने चलन भएकाले मात्रै खाद्य अभाव देखिएको प्रधानमन्त्री ओलीको बुझाई छ । प्रधानमन्त्री ओलीले खाद्य बस्तुलाई खेर जान नदिने गरी समुचित व्यवस्थापन गर्न पनि सम्बन्धित निकायलाई सचेत गराउनु भयो ।
बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनाल र भूमि व्यवस्था, सहकारी तथा गरिबि निवारणमन्त्री पदमाकुमारी अर्यालले आ–आफ्ना मन्त्रालयको वर्तमान अवस्था र भावी योजनाबारे प्रधानमन्त्री ओलीलाई बिफ्रिङ गर्नु भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।