भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
बाँके – प्रदेश ५ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्ष पुगेको अवसरमा आइतबार गृह जिल्ला बाँकेको नेपालगञ्जमा पत्रकार सम्मेलन गरी मन्त्रालयका गतिविधि सार्वजनिक गर्नुभएको छ ।
मन्त्रालयले तीन वर्षभित्र दूध, मासु, माछा र अण्डा उत्पादनमा प्रदेशको आवश्यकता अनुसार, आन्तरिक श्रोतबाटै परिपूर्ति गर्ने लक्ष्य सार्वजनिक गरेको
छ । यसैगरी कृषि अनुदान, बजारीकरण लगायतका माध्यमबाट उत्पादनमा वृद्धि गर्ने लक्ष्य राखिएको छ ।
पत्रकार सम्मेलनमा बाेल्दै जनशक्तिको अभाव, सङ्घ तथा स्थानीय सरकारसँगको समन्वय र सहकार्यको अभाव लगायतका चुनौती विद्यमान रहेको मन्त्री पौडेलले बताउनुभयो । प्रदेश सरकारले कोहलपुर नगरपालिका १५ का ४५ घरपरिवार लोपाेन्मुख चिडिमार समुदायलाई घर निर्माणका लागि चार करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको मन्त्री पौडेलले जानकारी दिनुभयो ।
चार अर्ब सात करोड रुपैयाँ बजेट रहेकोमा हालसम्म १७ दशमलव ३ प्रतिशत बजेट मात्रै खर्च भएको मन्त्री पौडेलले जानकारी दिनुभयो । ६ विधेयक, १८ कार्यविधि र १५ निर्देशिका निर्माण गरिएको छ ।
प्रदेशमा शीतभण्डार, स्मार्ट कृषि गाउँ, कृषि व्यवसाय अनुदान कार्यक्रम, कृषि बजार सुधार, कृषि यान्त्रिकीकरण कार्यक्रम, भूमिहीनलाई करार खेतीमा अनुदान लगायतका कार्यक्रम सञ्चालन गरिएको मन्त्री पौडेलले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।